पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

सारांश

  • पेशावर।
  • पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ।
  • स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७.

पेशावर। पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो। सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए।

मृतक र घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा राखिएकोमा त्यहाँ तालिबान समूहमा आबद्ध एक आत्मघाती महिलाले बम बिस्फोट गराउँदा अरु दुई जना प्रहरी र तीन सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुबै आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ।

जिल्ला प्रहरी प्रमुख सलिम रियाजले तालिबानको आक्रमणमा ज्यान गुमाएका दुई प्रहरीको शव अस्पतालबाट बाहिर निकाल्नेक्रममा अस्पतालको प्रवेशद्वारमा अर्को आत्मघाती बिस्फोट गराइएको बताए। उनले भने– करिब २८ वर्षकी आत्मघाती महिला खाली खुट्टामा अस्पताल परिसरमा आएकी थिइन्। घाइतेहरुमा आठ जना प्रहरी र पाँच जना सर्वसाधारण रहेका छन्।

तेहरिक–ए–तालिबान पाकिस्तानका प्रवक्ता मुहम्मद खुरासानीले स्थानीय सञ्चार माध्यममा एक वक्तव्य पठाई घटनाको जिम्मेवारी लिएका छन्। प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ। पछिल्ला वर्षमा पाकिस्तानको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार आएको छ, तर साना स्तरका आक्रमणहरु भने जारी छन्।

(https://mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको
अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको
यी हुन् बुद्धको महापरिनिर्वाण पछि निर्माण गरिएका आठ स्तुपहरु
यी हुन् बुद्धको महापरिनिर्वाण पछि निर्माण गरिएका आठ स्तुपहरु
परराष्ट्रमन्त्रीद्वारा ‘पासपोर्ट’ सार्वजनिक
परराष्ट्रमन्त्रीद्वारा ‘पासपोर्ट’ सार्वजनिक
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
नेपालले नगरेको गल्तीको सजाय भोग्दै : राष्ट्रपति भण्डारी
नेपालले नगरेको गल्तीको सजाय भोग्दै : राष्ट्रपति भण्डारी
रहबर सरावगीका ‘डमी’ उम्मेदवार हुन् !
रहबर सरावगीका ‘डमी’ उम्मेदवार हुन् !
प्रहरी कुट्ने एआईजीका छोरा रातभर प्रहरी हिरासतमा, उल्टै प्रहरीविरुद्व उजुरी
प्रहरी कुट्ने एआईजीका छोरा रातभर प्रहरी हिरासतमा, उल्टै प्रहरीविरुद्व उजुरी
मह जोडीले  दलित विद्यार्थीलाई स्नातकोत्तर तहसम्म पढाइदिने
मह जोडीले दलित विद्यार्थीलाई स्नातकोत्तर तहसम्म पढाइदिने
साउन १ गतेदेखि १० लाखदेखि माथिको नगद कारोबारमा रोक
साउन १ गतेदेखि १० लाखदेखि माथिको नगद कारोबारमा रोक
खानेपानी मन्त्री बिनाले गरिन् पहिलो दिनमै सचिवमाथि छड्के

तपाईंले छुटाउनुभयो कि?