नेपाल पत्रकार महासङ्घ काठमाडाँैको नयाँ नेतृत्वकालागि आज निर्वाचन

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०७४
|
|
४२९ पटक हेरिएको
Shares
नेपाल पत्रकार महासङ्घ काठमाडाँैको नयाँ नेतृत्वकालागि आज निर्वाचन

सारांश

  • नेपाल पत्रकार महासङ्घ काठमाडाँैको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुने भएको छ ।
  • शुक्रबार शाखाको १० आँै अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिएका छन्  ।
  • निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ ।

नेपाल पत्रकार महासङ्घ काठमाडाँैको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुने भएको छ ।

शुक्रबार शाखाको १० आँै अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिएका छन्  ।

निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ । आइतबार निर्वाचनका लागि आज उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने छन् ।

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । शाखा कार्यालय भृकुटीमण्डपमा कार्यसमितिका लागि बिहान ११ देखि १ बजेसम्म र केन्द्रीय पार्षद् तथा प्रदेश पार्षद्का लागि बिहान २ देखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन गराउने समय तोकिएको छ ।

नयाँ नेतृत्वका लागि शन्तराम बिंडारी र रामकृष्ण अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्  । चैतमा हुनुपर्ने अधिवेशन सदस्य विवादका कारण रोकिएको थियो । शाखामा करिब एक हजार तीन सय ५० मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?