बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

सारांश

  • ललितपुर।
  • नेपाल भ्रमणमा रहेका  बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार बिहान भेटवार्ता गरेका छन्।
  • प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको थियो।
ललितपुर। नेपाल भ्रमणमा रहेका  बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार बिहान भेटवार्ता गरेका छन्। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको थियो। 
अध्यक्ष प्रचण्डले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा राज्यमन्त्री ल्याङकेष्टरसँग जिज्ञासा राखेका थिए। त्यसैगरी प्रचण्डले नेपाली शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। अध्यक्षले आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको हुँदा वैदेशिक लगानीकर्ताहरुलाई आकर्षित गर्न वर्तमान स्थायी सरकार लागि परेको बताए।
चार दिवसीय नेपाल भ्रमणमा रहेका  राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताए। राज्यमन्त्रीले गोर्खा सैनिकहरुले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताए । उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि एक उदाहरणको रुपमा रहेको धारणा पनि व्यक्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्री बोहराको कमाउ दाउ !
स्वास्थ्यमन्त्री बोहराको कमाउ दाउ !
होसियार! तपाइँलाई पनि नचिनेका मान्छेले यसैगरी उपहार पठाउलान्
होसियार! तपाइँलाई पनि नचिनेका मान्छेले यसैगरी उपहार पठाउलान्
मौसममा सुधार हुन अझै केही दिन लाग्ने
मौसममा सुधार हुन अझै केही दिन लाग्ने
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
काठमाडौंको दरबारमार्गमा प्रेमीसँग रोमान्स गर्दा भयो यस्तो दुर्गति
काठमाडौंको दरबारमार्गमा प्रेमीसँग रोमान्स गर्दा भयो यस्तो दुर्गति
संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेल अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित
संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेल अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित
गुल्मीमा दुई क्षेत्रकै चन्द्रलाई सूर्यले छेक्ने सम्भावना
उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु
उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु
प्रचण्ड र माधव नेपाललाई चुनावको सामना गर्न प्रधानमन्त्री ओलीको चुनौती
प्रचण्ड र माधव नेपाललाई चुनावको सामना गर्न प्रधानमन्त्री ओलीको चुनौती

तपाईंले छुटाउनुभयो कि?