बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
२० पटक हेरिएको
Shares
बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरुपमा बजार अनुगमन नगर्दासम्म परिणाम प्रभावकारी आउन नसक्ने बताए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरुपमा बजार अनुगमन नगर्दासम्म परिणाम प्रभावकारी आउन नसक्ने बताए ।

प्रधानमन्त्रीले भने,“राजश्व छलि नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ । बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस् ।”

उनले अवैध आयात नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न समेत निर्देशन दिए । “कच्चापदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तीमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस् । सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्”, उनले भने ।

प्रधानमन्त्रीले आयातका लागि राष्ट्रिय मापदण्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउन निर्देशन दिए । उनले छलफल गर्ने, नीति बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहन नहुनेमा स्पष्ट पारे । अनुगमन सीमामा मात्र होइन, आन्तरिक बजारको पनि गर्ने गरी व्यवस्था मिलाउन उनको निर्देशन छ ।

छलफलमा अर्थसचिव तोयम राय, राजस्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायी उपस्थित थिए ।

छलफलमा सहभागी व्यवसायीका प्रतिनिधिले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी सेनाद्वारा रक्षा बजेट कटौती गर्ने घोषणा
पाकिस्तानी सेनाद्वारा रक्षा बजेट कटौती गर्ने घोषणा
इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो
इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो
१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)
१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्यको विनिमय दर कति ?
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्यको विनिमय दर कति ?
अस्वस्थ कर्मचारीलाई मात्रै स्वेच्छिक अवकाश पाउने, जोगियो ३० अर्ब
अस्वस्थ कर्मचारीलाई मात्रै स्वेच्छिक अवकाश पाउने, जोगियो ३० अर्ब
भेटघाट सकेर फर्किइन स्वराज
भेटघाट सकेर फर्किइन स्वराज
स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु
राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी
राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी
बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन : तनाब, प्रहरी तैनाथ
बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन : तनाब, प्रहरी तैनाथ

तपाईंले छुटाउनुभयो कि?