नवराज सिलवालको अन्तर्वार्ता : देउवाले अफर पठाएका थिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा किर्ते कार्यसम्पादन गरेको अभियोगमा प्रहरीको खोजी सूचिमा रहेका पूर्व डीआइजी एवं ललितपुर १ का सांसद नवराज सिलवालले आफु काठमाडौंमै रहेको संकेत दिएका छन् ।
  • आइतवार नेपाल साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा सिलवालले माघ ९ गते एक जना प्रहरी अधिकारीसँगै बसेर खाना खाएको दावी समेत गरेका छन् ।
  • प्रहरीले भने उनी विदेश रहेको भन्दै डिफ्यूजन नोटिश जारी गरेको छ ।

काठमाडौं प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा किर्ते कार्यसम्पादन गरेको अभियोगमा प्रहरीको खोजी सूचिमा रहेका पूर्व डीआइजी एवं ललितपुर १ का सांसद नवराज सिलवालले आफु काठमाडौंमै रहेको संकेत दिएका छन् ।

आइतवार नेपाल साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा सिलवालले माघ ९ गते एक जना प्रहरी अधिकारीसँगै बसेर खाना खाएको दावी समेत गरेका छन् । प्रहरीले भने उनी विदेश रहेको भन्दै डिफ्यूजन नोटिश जारी गरेको छ ।

अन्तर्वाता भेटेर वा फोनमा ल्याइएको भन्ने खुलाइएको छैन । बरु भनिएको छ, ‘नेपालको सम्पर्कमा आएका सिलवालले लामो कुराकानी गरे ।’

सपथ कसरी लिनुहुन्छ त अब ?
सिलवालको जवाफ छ, ‘लिइहाल्छु । जनता, प्रहरीकै माझमा छु । मेरो प्रतिरोध भनेको यो अनुसन्धानको नियतीप्रति मात्रै हो ।’

अनि, किन लुक्नु भएको त ?
सिलवाल भन्छन, ‘कसरी लुकेँ ? हिजो ९ माघ (उनले अन्तर्वार्ता दिएभन्दा एक दिन अगाडि) मात्रै पूर्वप्रहरी अधिकृतसँगै बसेर खाना खाएँ । यति प्रहरी पठाए, उति पठाए नाटक मञचन गर्नेले मलाई देख्न सक्दैनन ।’

प्रहरीभित्रैबाट सूचना चुहिएर तपाईं फेला नपरेको अबस्था पो रहेछ उसो भए ?

यो प्रश्नमा सिलवालको जवाफ छ, ‘प्रहरीका बहुसख्यकको मप्रति भरोसा छ । ’

उनले आफ्नो मुद्दामा प्रहरीले गर्ने अनुसन्धान निष्पक्ष नहुँने दावी गरेको छन् । उनले भनेका छन्, ‘प्रहरीको नेतृत्व नै मेरो विपक्षी भएकाले उसले गरेको अनुसन्धान निष्पक्ष र विश्वसनीय हुँदैन ।’
कसले गर्ने त ?

सिलवाल भन्छन, ‘अलग खालको निकायले गर्नुपर्छ । एकपक्षीय अनुसान्धान गरेर हुँदैन ।’

अन्तर्वार्तामा सिलवालले आइजीपी बनेको भए राजनीतिमा आउने अबस्थावारे आफुले नसोचेको पनि खुलाएका छन् । अन्तर्वार्तामा छ, ‘अवकासपछि विश्वविद्यालयमा पढाउने योजना थियो । किताव लेख्छु, पढ्छु भन्ने सोच थियो । तर, परिस्थितिले राजनीतिमा हुत्यायो । आफ्नो क्षमता नयाँ प्लेटफर्ममा उपयोग गर्छु र मुलुकलाई योगदान गर्छु भन्ने मलाई विश्वास छ ।’

सिलवाले देउवाले आफुलाई मुद्दा फिर्ता लिए सुरक्षा सल्लाहकारको अफर पठाएको पनि दावी गरेका छन् । तत्कालीन प्रधानन्यायधीस सुशीला कार्की विरुद्ध महाअभियोग दर्ताका सूत्रधार देउवा रहेको सिलवालको भनाई छ । उनले देउवाले आफुमाथि प्रतिसोधको डन्डा चलाएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार सुविद गुरागाईँको अनुभव: श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए
पत्रकार सुविद गुरागाईँको अनुभव: श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति
महरा जेल चलान
महरा जेल चलान
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते
२ लाख आप्रवासी फर्काउदै अमेरिका
२ लाख आप्रवासी फर्काउदै अमेरिका
गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?
वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड
वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
दोस्रो चरण निर्वाचनको तयारी पूरा, मनोनयन आज.
दोस्रो चरण निर्वाचनको तयारी पूरा, मनोनयन आज.
कोरोनाबाट थप ५ जनाको मृत्यु, कुल मृतकको सख्या १९३२ पुग्यो

तपाईंले छुटाउनुभयो कि?