पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ कार्यक्रम

सारांश

  • काठमाडौं,१४ माघ ।
  • पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने भारतको उडिसा जाने भएका छन् ।
  • पूर्व राजा शाह आउँदो फेब्रुअरी ५ (माघ २२ गते) भारतको उडिसा जाने बुझिएको छ ।

काठमाडौं,१४ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने भारतको उडिसा जाने भएका छन् । पूर्व राजा शाह आउँदो फेब्रुअरी ५ (माघ २२ गते) भारतको उडिसा जाने बुझिएको छ ।

उनी त्यहाँ झण्डै एक हप्ता रहने छन् । पुरी शंकराचार्य निश्चलानन्द सरस्वतीले मठको नेतृत्व लिएको २५ औँ वर्ष पुगेको अवसरमा विशेष अतिथिको रुपमा ज्ञानेन्द्रलाई निमन्त्रण गरिएको बुझिएको छ ।

आदि शंकराचार्यले पुरीमा स्थापना गरेको मठमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ पूर्व राजा ज्ञानेन्द्रले गौशाला उद्घाटन लगायतका कार्यक्रम गर्ने छन् ।

पुरी शंकराचार्य निश्चलानन्द सरस्वती आदि शंकराचार्यका प्रतिनिधि मानिन्छन् । हिन्दु धर्मा अन्तर्गतका विभिन्न गतिविधि सञ्चालनमा उनी र उनको टोलीको विशेष भूमिका रहने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?