न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो

सारांश

  • काठमाडौं ।
  • न्याय परिषद्ले मुद्दा छिन्ने सिलसिलामा शंकास्पद देखिएको भन्दै उजुरीका आधारमा चारजना जिल्ला न्यायाधीशलाई स्पष्टीकरण सोधेको छ ।
  • प्रधानन्यायाधीश एवं न्याय परिषदका अध्यक्ष चोलेन्द्र समशेर जबराको अध्यक्षमा बसेको परिषद् वैठकले जिल्ला न्यायाधीशले मुद्दा छिन्ने क्रममा गल्ती गरेको शंका गर्दै स्पष्टिकरण सोधेको हो ।

काठमाडौं । न्याय परिषद्ले मुद्दा छिन्ने सिलसिलामा शंकास्पद देखिएको भन्दै उजुरीका आधारमा चारजना जिल्ला न्यायाधीशलाई स्पष्टीकरण सोधेको छ । प्रधानन्यायाधीश एवं न्याय परिषदका अध्यक्ष चोलेन्द्र समशेर जबराको अध्यक्षमा बसेको परिषद् वैठकले जिल्ला न्यायाधीशले मुद्दा छिन्ने क्रममा गल्ती गरेको शंका गर्दै स्पष्टिकरण सोधेको हो ।

न्यायपालिका शुद्धीकरण अभियानक्रममा परिषद्को वैठकले तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय, ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय, सर्लाहीका जिल्ला न्यायाधीश राजेश काफ्ले र भक्तपुरका जिल्ला न्यायाधीश मोहम्मद जुनैद आजादलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो ।

न्याय सम्पादन गर्दाको कार्यसम्पादनका विषयमा जाँचबुझ गर्न सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराइको संयोजकत्वमा तीन सदस्सीय कमिटी गठन गरेको छ । जाँचबुझ समितिको सदस्यमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत पाटन हेटौंडा इजसालका न्यायाधीश टेकप्रसाद ढुंगाना रहेका छन् ।

परिषद्को बिहिबारको बैठकले न्यायाधीशले बदनियतपूर्वक काम गरेको हुँदा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यसअघि पनि परिषद्ले न्यायाधीशले वदनियतपूर्वक काम गरेको आरोपमा केही न्यायाधीशलाई काज सरुवा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..
सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
हेटौडा सिमेन्ट उत्पादनको ३४ औ बर्षमा प्रवेश
हेटौडा सिमेन्ट उत्पादनको ३४ औ बर्षमा प्रवेश
राजकुमार ह्यारीको पहिलो सन्तान छोरा
राजकुमार ह्यारीको पहिलो सन्तान छोरा
कोकमा रक्सी मिसाएर सामूहिक बलात्कार
कोकमा रक्सी मिसाएर सामूहिक बलात्कार
लेखा परीषकका कारण भ्रष्टाचार बढेको अख्तियारको आरोप
लेखा परीषकका कारण भ्रष्टाचार बढेको अख्तियारको आरोप
१ सय ८९ जनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे विमानकाे ‘ब्लाक बक्स’ फेला !
१ सय ८९ जनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे विमानकाे ‘ब्लाक बक्स’ फेला !
प्रसूतिका लागि सरकारी अस्पताल भरतपुर सबैको रोजाइँमा
प्रसूतिका लागि सरकारी अस्पताल भरतपुर सबैको रोजाइँमा
६४ औँ प्रहरी दिवसः अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई प्रमको अनुरोध
६४ औँ प्रहरी दिवसः अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई प्रमको अनुरोध

तपाईंले छुटाउनुभयो कि?