वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल

सारांश

  • बैकक, १४ माघ ।
  • नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आगामी पाँच बर्ष भित्रमा नेपालमा ठुलो आर्थिक क्रान्ति गर्ने बताएका छन् ।
  • एसियन लिडरशिप सम्मेलन बैककमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका ढकालले नेपालको सफल शान्ति प्रकृयाले विश्व मन्चमा ठूलो सन्देश दिएजस्तै अब तिब्र आर्थिक उन्नति गरेर विश्वलाई अचम्मित तुल्याउने बताएका हुन् ।

बैकक, १४ माघ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आगामी पाँच बर्ष भित्रमा नेपालमा ठुलो आर्थिक क्रान्ति गर्ने बताएका छन् ।

एसियन लिडरशिप सम्मेलन बैककमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका ढकालले नेपालको सफल शान्ति प्रकृयाले विश्व मन्चमा ठूलो सन्देश दिएजस्तै अब तिब्र आर्थिक उन्नति गरेर विश्वलाई अचम्मित तुल्याउने बताएका हुन् ।

पूर्व मन्त्री ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले नेपालमा राष्ट्रियता र लोकतन्त्र बलियो बनाउदै संविधानको कार्यन्वयन मार्फत चिरस्थायी शान्ति तथा दिगो बिकासको लागि काम गर्ने स्पष्ट पारे।

वाम प्रगतिशील गठबन्धनको नेता समेत रहेका ढकालले अब मुलुकमा राजनैतिक स्थिरता हुने बिश्वाश दिलाउदै ढुक्क भएर नेपालमा लगानी गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। आइएपिपि एसिया प्यासिफिकद्वारा आयोजित सम्मेलनमा विभिन्न एशियाली देशका सांसदहरु, जनप्रतिनिधिहरु तथा नेतृत्व बर्गको उपस्थिथि रहेको कार्यक्रममा सहभागी परिवार दलका प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए।

पूर्व मन्त्री ढकाल बैकको कार्यक्रम पश्चात आइक्याप द्वारा आयोजित सिल्क रोड सम्मेलनमा भागलिन तेहरान जाने कार्यक्रम रहेको पनि प्रबक्ता पौडेलले जानकारी दिए ।

(Alprazolam)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Tika Rai

    हेरम हेरम कतिको नपदो रछ

    Comment Author

    Chandra Subedi

    फटाहा नपत्यादो कूरा किन गर्नु भएको सकेऊ भटाहा हो

    Comment Author

    Manoj Lamichhane

    अब देखाउने अनी भन्ने गरे कस्तो होला ? आचरण बदलौन?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?