टेलिकमको आइपी टिभी शुक्रबारदेखि

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १५, २०७७
|
|
४६ पटक हेरिएको
Shares
टेलिकमको आइपी टिभी शुक्रबारदेखि

सारांश

  • नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ ।
  • दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच) मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
  • हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो ।

नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ ।

दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच) मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो । कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ । तत्कालका लागि उक्त सेवा काठमाडौँ उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ ।

यसैगरी पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटिटिएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटिटिएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने जनाइएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशी हाल एफटिटिएच सेवामार्फत भ्वाइस तथा डाटा सेवा वा दुवै सेवा लिइरहेका ग्राहकहरुले एनटी टिभी सेवा प्राप्त गर्न नजीकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्ने बताए । उनका अनुसार उक्त टिभी सेवा ग्रयोग गर्न ग्राहकले कम्पनीबाट सेटअप बक्स खरीद गर्नुपर्दछ भने हाल प्रयोगमा रहेको पुरानो तथा आधुनिक (नयाँ) टिभी सेटमा एनटी टिभी हेर्न सकिनेछ ।

विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह
छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
सकियो ९औं ज्ञानमाला सम्मेलन
सकियो ९औं ज्ञानमाला सम्मेलन
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
धेरै आशा गरेको युवा नेताको निधनले स्तब्ध छु : बाबुराम भट्टराई
काठमाडौंमा प्रेमिकाको हत्या, दुबईमा पक्राउ
काठमाडौंमा प्रेमिकाको हत्या, दुबईमा पक्राउ
गुण्डुमा आइपुग्यो सिंहदरबार ।
गुण्डुमा आइपुग्यो सिंहदरबार ।
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती