सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १२, २०७७
|
|
२६ पटक हेरिएको
Shares
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।

सारांश

  • जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत प्रहरी नायव महानिरिक्षक रणवहादुर चन्द मंगलबार विहान पोखरा बाट बेनी आउँदै हुनुन्थ्यो ।
  • पोखरा – बागलुङ राजमार्गको लुम्ले खण्डमा सडकको छेवैमा औसेलु विक्री गर्न वसेकी थिइन लुम्ले ४ कास्की की धनसुवा विक ।
  • बालिकाले औसेलु विक्री गर्न वसेको देखेपछि चन्द गाडीबाट झरेर वालिका समक्ष पुग्नुभयो ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत प्रहरी नायव महानिरिक्षक रणवहादुर चन्द मंगलबार विहान पोखरा बाट बेनी आउँदै हुनुन्थ्यो । पोखरा – बागलुङ राजमार्गको लुम्ले खण्डमा सडकको छेवैमा औसेलु विक्री गर्न वसेकी थिइन लुम्ले ४ कास्की की धनसुवा विक । बालिकाले औसेलु विक्री गर्न वसेको देखेपछि चन्द गाडीबाट झरेर वालिका समक्ष पुग्नुभयो । उहाँले वालिका सँग ८० रुपियाँको औसेलु पनि खरिद गर्नुभयो ।

स्थानीय सिद्ध आदर्श विद्यालयमा कक्षा पाँचमा अध्ययनरत विकको पारिवारिक अवस्था कमजोर छ । घरको कमजोर आर्थिक अवस्थाका कारण औसेलु विक्री गरेर पढाइ खर्च जुटाइरहेकी विकलाई डीआइजी चन्दले भेटेपछि भने वालिकाको जिवनमा एकाएक इश्वर नै आए जस्तो भयो ।

पढाइ खर्च जुटाउन धौधौ परेको यी बालिकालाई नेपाल प्रहरीले मासिक रुपमा २ हजार रुपियाँ दरले पढाइ खर्च दिने भएको छ ।

राजमार्गको छेवैमा औसेलु विक्री गर्न वसेकी वालिकाको अध्ययनमा सहयोग पुगोस भनेर मासिक रुपमा उक्त रकम प्रदान गर्ने निर्णय डीआइजी चन्दले सडकबाटै गर्नुभयो । हामीले वालिकाको पढाइमा सहयोग पुगोस भनेर उक्त रकम दिने निर्णय ग¥यो,डीआइजी चन्दले भन्नुभयो,“आर्थिक अवस्था कमजोर त्यसमा पनि दलित भएकाले यिनै बालिकालाई नै रोज्यो ।” अव मासिक रुपमा वालिकाको खातामा दुइहजार रुपियाँ पैसा पठाइ दिन्छौ उहाँले भन्नुभयो । वालिकाले पढ्ने समयसम्म मासिक रुपमा यो पैसा पाउँनेछिन् । नेपाल प्रहरीले देशभरबाट एकसय पचाँस जना जति गरिव र जेहन्दार विद्यार्थीहरुको अध्ययनका लागि प्रति विद्यार्थी दुइहजारका दरले रकम प्रदान गर्ने गरेको डीआइजी चन्दले बताउनुभयो ।

आफ्नो घर जमिन नभएका सुकुम्वासी तपवहादुर विकको घरमा नेपाल प्रहरीको यो निर्णयले यतिखेर खुसियाली छाएको छ ।

एक छोरा सहित पाँच छोरीहरुलाई विद्यालय पठाउन लागि ज्याला मजदुरी गरेको पैसाले धौधौ हुने गरेको तपवहादुर विकको परिवारलाई यो थोरै भएपनि राहत मिलेको छ ।

डीआइजी चन्द नेपाल प्रहरीहरुलाई दिइने तालिमका वारेमा सारोकारवालाहरु सँग परामर्श गर्न मंगलबार म्याग्दी आउनुभएको हो । म्याग्दीमा उहाँले भविष्यमा नेपाल प्रहरीले नागरिक सँग सुदृढ सम्बन्ध विकास गर्नका लागि आवश्यक पर्ने तालिमका वारेमा परामर्श गर्नुभएको छ ।

डीआइजी चन्दले म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्का सँग पनि छलफल गर्नुभएको थियो । चन्द आजै मुस्ताङ तर्फ लाग्नुभएको छ ।
नवबिकल्पबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि
पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता
अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता
हिकाष्ट कलेजलाई लक्ष्यित गरी बम
हिकाष्ट कलेजलाई लक्ष्यित गरी बम
राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै
‘ठुला नेताले नै भनेका हुन्, मुख्य मन्त्री म नै हो’
‘ठुला नेताले नै भनेका हुन्, मुख्य मन्त्री म नै हो’
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान

तपाईंले छुटाउनुभयो कि?