प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या

सारांश

  • सिड्नी, माघ ९ ।
  • अस्ट्रेलियाको सिड्नीमा एक नेपालीले आफ्नी प्रेमिकाको हत्या गरेर आत्महत्या गरेका छन् ।
  • कोकिनको नशामा रहेका ३३ वर्षीय ब्राजिल गुरुङले आफ्नी २२ वर्षीया बेलायती प्रेमिका अमेलिया ब्लेकलाई गत शुक्रबार हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको समाचार डेली मेलले छापेको छ।

सिड्नी, माघ ९ । अस्ट्रेलियाको सिड्नीमा एक नेपालीले आफ्नी प्रेमिकाको हत्या गरेर आत्महत्या गरेका छन् । कोकिनको नशामा रहेका ३३ वर्षीय ब्राजिल गुरुङले आफ्नी २२ वर्षीया बेलायती प्रेमिका अमेलिया ब्लेकलाई गत शुक्रबार हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको समाचार डेली मेलले छापेको छ।

नेपाली युवा र बेलायती युवती दुवैजना सिड्नीस्थित एउटै रेस्टुरेन्टमा काम गर्दै आएका थिए। घटनास्थलबाट रेस्टुरेन्ट केही मिनेटको दुरीमा छ । ब्लेकले त्यो रेस्टुरेन्टमा काम गर्न छाडेपछि ब्राजिलले पनि काम छाडेका थिए ।

कोकिनको कुलतमा फसेका नेपाली युवा ब्राजिलले अनौठो गतिविधि देखाउने गरेको बताउँदै उनका सहकर्मीहरुले पैसाको संकटमा परेपछिको तनावमा प्रेमिकाको हत्यापछि आत्महत्या गरेको बताएका छन् ।

न्युटाउनमा रहेको आफ्नै फ्ल्याटमा यो जोडी मृत भेटिएका थिए। कोकिनको कुलतमा फसेका ब्राजिल ऋणमा डुबेकाले तनावमा थिए । ब्राजिलका साथीहरुका अनुसार ब्राजिल अमेलियासँग प्रेममा परेपछि अरुसँगको सम्बन्ध कारण पनि उनी सं‌कटमा परेका थिए ।

आठ महिना अघि अस्ट्रेलिया आएकी बेलायती युवती ब्लेक भने उनीहरुले असल युवती रहेको बताएका छन् । ‘नेपाली युवा ब्राजिल आफ्ना सहकर्मीसँग पैसा मागिरहन्थे’, उनका सहकर्मीहरुलाई उधृत गर्दै डेली मेलले लेखेको छ, ‘उनी कुनै असहज परिस्थितिमा छन् भन्ने हामीलाई पनि थाहा थियो ।’

डेली मेलका अनुसार सिड्नी घुम्न आएकी ब्लेकले त्यहाँ दुई महिना बेट्रेसको काम गरेकी थिइन् । नेपाली युवा ब्राजिल भने रेस्टुरेन्टमा सेफको काममा थिए । त्यही रेस्टुरेन्टमै दुवैको भेटपछि प्रेम सुरु भएको थियो । ब्लेकले त्यो रेस्टुरेन्टमा काम छाडेपछि गुरुङ विक्षिप्त बन्दै कुलतमा फसेको बताइएको छ।

शुक्रबार दिउँसो ब्लेक र गुरुङको शव उनीहरु बस्ने न्युटाउनस्थित फ्ल्याटमै भेटिएको थियो । प्रहरीले गुरुङले नै ब्लेकको हत्या गरेको निस्कर्ष निकालेको छ । उनीहरुका छिमेकीले शुक्रबार साँझ ५ बजे आफूले फ्ल्याटमा युवतीको चित्कार सुनेको बताएका छन् ।

ब्लेक र ब्राजिलको शव उनीहरुका घरबेटीले फ्लाटमा देखेपछि प्रहरी बोलाएका थिए । डेली मेलका अनुसार ब्लेकको टाउको र शरीरमा चोट देखिएको छ । आफूलाई धोका दिएर ब्लेक बेलायत फर्किन खोजेकाले गुरुङले प्रेमिकाको ज्यान लिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

न्यू साउथ वेल्सका प्रहरी निरीक्षक चाड डिगेनार्सले यो घटनालाई ‘मर्डर सुसाइड’ भनेका छन् । पोष्टमार्टम रिपोर्टपछि मात्रै यसको पुष्टि हुने उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव बेचबिखन स् मुद्दाचलाउनै समस्या
मानव बेचबिखन स् मुद्दाचलाउनै समस्या
प्रकाशशरण महत र ईश्वर पोखरेलबीच   प्रतिस्पर्धा
प्रकाशशरण महत र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा
एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा निर्धारण
एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा निर्धारण
मेयर उपमेयरका महंगा र विलासी गाडीको नालीबेली
मेयर उपमेयरका महंगा र विलासी गाडीको नालीबेली
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा  घेराउ
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा घेराउ
ट्राफिक कारबाहीबाट मात्रै ५६ लाख राजश्व संकलन !
ट्राफिक कारबाहीबाट मात्रै ५६ लाख राजश्व संकलन !
उदयपुर गोल्डकपमा हात्ती छिरेर अड्कियो पुच्छर
उदयपुर गोल्डकपमा हात्ती छिरेर अड्कियो पुच्छर
चलचित्रको पर्दामा पूरै कपडा उतार्ने बलिउडका ११ चर्चित अभिनेत्री
चलचित्रको पर्दामा पूरै कपडा उतार्ने बलिउडका ११ चर्चित अभिनेत्री
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
प्यूठानमा दिउसो १ बजे देखि मतगणना सुरु हुने
प्यूठानमा दिउसो १ बजे देखि मतगणना सुरु हुने

तपाईंले छुटाउनुभयो कि?