गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
१७ पटक हेरिएको
Shares
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन

सारांश

  • गोरखा ।
  • उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ .
  • प्रकाश)ले गोरखाको सिरानचोक गाउँपालिका–५, स्थित चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी चित्रेपोखरीको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।

गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ .प्रकाश)ले गोरखाको सिरानचोक गाउँपालिका–५, स्थित चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी चित्रेपोखरीको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।

चित्रेपोखरीमा हालै निर्माण सम्पन्न पाँच कोठे प्रहरीचौकीको आज उद्घाटन गरेका हुन् । गाउँपालिकाले जग्गा र बजेट उपलब्ध गराएपछि अस्थायी प्रहरी चौकीको भवन निर्माण गरिएको हो ।

गाउँपालिकाले विनियोजन गरेको रु २४ लाख ८० हजार तीन सय ७५ मा भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिए ।

नवनिर्मित उक्त भवनमा थुनुवा कक्षसमेत रहेको उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले आज नै नवनिर्मित भवन जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरेको गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले बताए ।

गाउँपालिकाभित्र रहेको चोरकाटे प्रहरीचौकी र धारापानी प्रहरीचौकीलाई एक–एक थान मोटरसाइकलसमेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?