प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी

सारांश

  • काठमाडौं, , माघ १६ ।
  •   संघीय संसद सचिवलायबाट संसद् पदाधिकारीको हैसियतमा लिएको सवारी साधन प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता नगरेको पाइएको छ।
  • सुविधाका रूपमा सचिवालयबाट लिएका तीनवटा गाडी सचिवलायमा अझै फिर्ता नगरिएका पाइएको हो।

काठमाडौं, , माघ १६ ।  संघीय संसद सचिवलायबाट संसद् पदाधिकारीको हैसियतमा लिएको सवारी साधन प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता नगरेको पाइएको छ। सुविधाका रूपमा सचिवालयबाट लिएका तीनवटा गाडी सचिवलायमा अझै फिर्ता नगरिएका पाइएको हो। आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा सवारी साधन लिएका प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वसभामुख ओनसरी घर्ती र पूर्वसभामुख रामचन्द्र पौडेलले पदीय हैसियतमा लिएको गाडी संसद् सकिएको लामो समयसमम पनि फिर्ता नगरको संसद सचिवालयले जनाएको छ।

सचिवालयको सवारी साधन व्यवस्थापन शाखाका शाखा अधिकृत ज्ञानहरि पन्थीका अनुसार कांग्रेस नेता रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको बा२झ १४३९ नम्बरको गाडी संसदको पदावधि सकिएको साढे तीन महिनाम बितिसक्दा पनि फिर्ता गरेको छैनन्। पौडेलले पूर्वसभामुखको हैसियतामा लिएका सवारी साधन संसद सचिवालयमा बुझाएको कुनै रेकर्ड भेटिँदैन। तर, उनी आफूले पहिला नै सम्बधित निकायमा गाडी फिर्ता गरिसकेका जिकिर गर्छन्।

माओवादी केन्द्रकी नेत्रृ ओनसरी घर्तीले सभामुख हुँदा प्रयोग गरेको बा२झ १६८७, बा२झ १२६८ र बा२झ २८६६ नम्बरको गाडी पनि फिर्ता गर्न बाँकी रहेको संसद सचिवालयले जनाएको छ। पूर्वसभामुख घर्तीले पनि आफू पदमा रहँदा लिएको सबै सरकारी गाडी फिर्ता गरिसको दावी गरिन्।

यसैगरी संसद सचिवालयाबट प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा हालका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लिएको गाडी पनि फिर्ता गरिएको छैन। देउवाले प्रमुख प्रतिपक्षी दलको नेता हुँदा सचिवालयबाट लिएको बा१झ ८५०४ नम्बरको ल्यान्डक्रुजर गाडी फिर्ता नगरेका हुन्। उनले लिएको यो गाडी अहिले पनि प्रधानमन्त्री कार्यालयका सचिवलायमा प्रयोग भइरहेका छ।

(www.plu68.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?