राष्ट्रिय जलवायु सम्मेलन आजदेखि

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रिय जलवायु सम्मेलन आजदेखि

सारांश

  • काठमाडौं १६ पुस ।
  • मेलम्ची नगरपालिकाको गुफाडाँडामा ‘राष्ट्रिय जलवायू सम्मेलन २०७५’ आजबाट सुरु हुँदैछ ।
  • ७७ ओटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञहरुले सम्मेलनमा छलफल गर्ने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

काठमाडौं १६ पुस । मेलम्ची नगरपालिकाको गुफाडाँडामा ‘राष्ट्रिय जलवायू सम्मेलन २०७५’ आजबाट सुरु हुँदैछ । ७७ ओटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञहरुले सम्मेलनमा छलफल गर्ने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । सम्मेलनको सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

सामुद्री सतहबाट करिब २५ सय मिटरको उचाइमा रहेको गुफाडाँडामा हुन गइरहेको सम्मेलनका लागि सबै तयारी भइसकेको सम्मेलन संयोजक एवम् सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभएको छ ।  स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो ।

विश्वको जल्दोबल्दो समस्या बन्दै गरेको जलवायु परिवर्तनको मुद्धा सिन्धुपाल्चोकबाट शसक्त ढंगबाट उठान हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ ।

‘जिल्लाका नदीनालामा बन्ने आयोजनाबाट जलवायु परिवर्तनमा पर्ने असर न्यूनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ’ संयोजक तामाङले भन्नुभयो । सम्मेलनपछि सुन्दर हिमाली क्षेत्र गुफाडाँडा र आसपासका गाउँमा पर्यटक आगमनमा पनि वृद्धि हुने आयोजकको विश्वास छ ।

सम्मेलन हुने गुफाडाँडालाई यतिखेर दुलही झैं श्रृंगारिएको छ । जलवायु परिवर्तन सम्बन्धीको संचेतनात्क प्रतिमा निर्माण भइसकेको छ भने ७७ वटै जिल्लाको नामाकरण गरिएको पोलमा राष्ट्रिय झण्डा फरफराइ सकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबार राति आएको असिनापानीबाट रु तीन करोडको क्षति
शनिबार राति आएको असिनापानीबाट रु तीन करोडको क्षति
लगानी सुनिश्चित नहुँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आसपासका रुख कटान नगर्न सुझाव
लगानी सुनिश्चित नहुँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आसपासका रुख कटान नगर्न सुझाव
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुरोध
आज पनि हेर्न नभ्याइनेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दा
आज पनि हेर्न नभ्याइनेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दा
घरको बगैँचामा महिलाको शव भेटिएपछि पूर्व जर्नेलमाथि कुटपिट
गुरु अशोक राईलाई भारि मतले हराए जयकुमारले
गुरु अशोक राईलाई भारि मतले हराए जयकुमारले
गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन गर्ने राप्रपा (संयुक्त) को चेतावनी
गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन गर्ने राप्रपा (संयुक्त) को चेतावनी
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा कुँवर
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा कुँवर
कति छ आजको विदेशी मुद्राको विनियम दर ?
कति छ आजको विदेशी मुद्राको विनियम दर ?
लाइसेन्स नलिई जाँच्छन् बिरामी
लाइसेन्स नलिई जाँच्छन् बिरामी

तपाईंले छुटाउनुभयो कि?