पशुपतिनाथ मन्दिर खुल्ला गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १२, २०७७
|
|
३६ पटक हेरिएको
Shares
पशुपतिनाथ मन्दिर खुल्ला गर्ने तयारी

सारांश

  • काठमाण्डौ ।
  • लकडाउन सुरु भएसँगै पशुपतिनाथ बन्द छ ।
  • लकडाउन लम्बिदै जाँदा केही क्षेत्रमा काम सुरु भए पनि मठ मन्दिरमा भक्तजनलाई जान दिइएको छैन ।

काठमाण्डौ । लकडाउन सुरु भएसँगै पशुपतिनाथ बन्द छ । लकडाउन लम्बिदै जाँदा केही क्षेत्रमा काम सुरु भए पनि मठ मन्दिरमा भक्तजनलाई जान दिइएको छैन । तर अब भने पशुपतिनाथमा भक्तजनलाई खुला गर्ने योजना बनाइएको छ ।

असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन । तर भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराउने व्यवस्थाका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाइरहेको कार्यकारी निर्देशक डा. घनश्याम अतिवडाले जानकारी दिए ।

आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक यातायात दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार कोषले तयारी गरेको हो । तर भक्तजन भने मठमन्दिरमा धेरै भिडभाड हुने भएकोले कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै तत्काल नखोल्नुनै उत्तम हुने बताएका छन् ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणले तीब्रता लिइरहेको छ । तर लकडाउन भने खुकुलो बन्दै गएको छ । जसका कारण सर्वसाधारणले उच्च जोखिमको महसुश गरिरहेका छन् । यस्तो अवस्थामा पशुपतिनाथमा भक्तजनलाई प्रवेश दिने या नदिने भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय !
वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय !
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
कान्छीको ट्रेलर कस्तो छ ? (भिडियो)
कान्छीको ट्रेलर कस्तो छ ? (भिडियो)
काठमाडौँ सहित धेरै स्थानमा विहानैदेखि आकाशै अध्यारो हुने गरी वर्षा
काठमाडौँ सहित धेरै स्थानमा विहानैदेखि आकाशै अध्यारो हुने गरी वर्षा
२०४३ सम्ममा न्यूजिल्याण्डमा एसियाली मूलका २६ प्रतिशत नागरिक हुने
२०४३ सम्ममा न्यूजिल्याण्डमा एसियाली मूलका २६ प्रतिशत नागरिक हुने
आज ११ सय ५४ कोरोना संक्रमित थपिए
आज ११ सय ५४ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)
काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ :  प्रम ओली
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली