भारतले स्वीकार्यो नेपालसँग लुकाएको यो यथार्थ

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
भारतले स्वीकार्यो नेपालसँग लुकाएको यो यथार्थ

सारांश

  • भारतले नयाँ नक्सामार्फत काली नदीको ऐतिहासिकता स्वीकार गरेको छ।
  • उसले सन् १८५० आसपासदेखि कृत्रिम काली नदी बनाएर कालापानी र लिपुलेक कब्जा गर्ने रणनीति अपनाएको थियो।
  • त्यसपछि भारतीय नक्सामा काली नदी लुकाइएको थियो।

भारतले नयाँ नक्सामार्फत काली नदीको ऐतिहासिकता स्वीकार गरेको छ। उसले सन् १८५० आसपासदेखि कृत्रिम काली नदी बनाएर कालापानी र लिपुलेक कब्जा गर्ने रणनीति अपनाएको थियो। त्यसपछि भारतीय नक्सामा काली नदी लुकाइएको थियो। तर, नयाँमा भारतले काली नदी पुनःस्थापित गरेको छ।

यो नक्साका कारण भारतले कब्जा गरेको नेपाली भूभागको सम्बन्धमा वार्ता गर्न बाटो खुलेको छ। यो नक्सा नेपालका लागि महत्त्वपूर्ण रहेको नापी विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठ बताउँछन्। भारतले नेपालका कालापानी, लिपुलेक भने आफ्नो भूभागमा राख्न छाडेको छैन। उसले ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको हो।

भारतले पाकिस्तानप्रशासित जम्मु कश्मीरसमेत आफ्नो नक्सामा समेटेको छ। भारतले जम्मु कश्मीर र लद्दाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको हो। पाकिस्तानप्रशासित कश्मीर (पीओके) पनि भारतको नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले विरोध गरेको छ। उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्रसंघमा जाने चेतावनी दिएको छ। नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।

भारतले सन् १९६२ देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको छ। विभागका महानिर्देशक प्रकाश जोशी यस विषयमा विभागले अध्ययन गर्ने बताउँछन्। कालापानी र सुस्ताको विषयमा सहमति हुन बाँकी रहेको उनको भनाइ छ। उनका अनुसार भारतले नक्सामा पुरानै विषयलाई दोहोर्‍याएको छ।
सुगौली सन्धिअनुसार लिम्पियाधुरासमेत नेपालमा पर्छ। लिम्पियाधुराभन्दा पश्चिममा काली नदी बगेको छ। नेपालकै आधिकारिक नक्सामा पनि लिम्पियाधुरा समेटिएको छैन। भारतले कुटी, गुन्नी, नावी, कालापानीलगायत ठाउँ अतिक्रमण गर्दै आएको छ।

नेपालको आधिकारिक नक्सामा लिपुलेक, कालपानी र सुस्ता समेटिएको महानिर्देशक जोशी बताउँछन्। ‘हाम्रो नक्सामा देखाउनुपर्ने कुरा छोडेका छैनौं’, उनी भन्छन्, ‘उस (भारत)ले पुरानै कुरालाई दोहोर्‍याएको छ।’ अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज गोरु, गोवर्द्धन र हली पूजा
आज गोरु, गोवर्द्धन र हली पूजा
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल बस्ने
पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल बस्ने
स्वास्थ्यचौकी सार्न लागिएको भन्दै स्थानीयको विरोध
स्वास्थ्यचौकी सार्न लागिएको भन्दै स्थानीयको विरोध
एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्ः प्रन्या
एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्ः प्रन्या
लाइसेन्स खारेजपछि अब के हुन्छ स्मार्ट टेलिकमको अस्तित्व ?
लाइसेन्स खारेजपछि अब के हुन्छ स्मार्ट टेलिकमको अस्तित्व ?
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

तपाईंले छुटाउनुभयो कि?