शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति

सारांश

  • काठमाडौं, माघ १६ ।
  •   कर फर्स्योट आयोगमा सदस्य रहँदा व्यापारिक फर्मलाई दिएको कर छुटमा भ्रष्टाचारको अभियोग खेपिरहेका आन्तरिक राजस्व विभागका तत्कालीनमहानिर्देशक सहसचिव चुडामणि शर्माविरुद्ध पदीय दुरुपयोग गरी चार करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगसहित सोमबार विशेष अदालतमा अर्को मुद्दा दायर गरिएको छ ।
  • शर्माले पत्नी कल्पना उप्रेती शर्मा र परिवारका नाममा अवैध सम्पत्ति लुकाएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

काठमाडौं, माघ १६ ।  कर फर्स्योट आयोगमा सदस्य रहँदा व्यापारिक फर्मलाई दिएको कर छुटमा भ्रष्टाचारको अभियोग खेपिरहेका आन्तरिक राजस्व विभागका तत्कालीनमहानिर्देशक सहसचिव चुडामणि शर्माविरुद्ध पदीय दुरुपयोग गरी चार करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगसहित सोमबार विशेष अदालतमा अर्को मुद्दा दायर गरिएको छ ।

शर्माले पत्नी कल्पना उप्रेती शर्मा र परिवारका नाममा अवैध सम्पत्ति लुकाएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । अकुत मुद्दामा शर्मालाई फरार देखाइएको छ । अख्तियारले शर्मा सार्वजनिक सेवामा प्रवेश गरेयता ०७३ साल मंसिर मसान्तसम्मको चल अचल सम्पत्ति जाँच गरिएको जनाएको छ ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ । अख्तियारका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले आयोगको निर्णयअनुरूप शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन (अकुत) सम्पत्ति मुद्दा दर्ता गरिएको बताए । ‘शर्माले सेवा अवधिमा आफू र आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका विषयमा संकलित तथ्य प्रमाणउपर छानबिन एवं विश्लेषण गर्दा आयोग अदालतमा मुद्दा लैजाने निष्कर्षमा पुगेको हो’, प्रवक्ता पाण्डेयले भने ।

६ महिना लामो अनुसन्धानपछि अख्तियारले शर्माविरुद्ध चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ बराबर अवैध सम्पत्ति आर्जनको दाबी गरेको छ । निजामती सेवाको जाँच अवधिमा शर्माले तीन करोड ६३ लाख ७२ हजार नौ सय ६१ रुपैयाँ आयआर्जन गरेको निष्कर्षमा अख्तियार पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
छ महिनामा तीन प्रतिशत बजेट खर्चः प्रदेशसभा प्रभावकारी बन्न नसकेको गुनासो
छ महिनामा तीन प्रतिशत बजेट खर्चः प्रदेशसभा प्रभावकारी बन्न नसकेको गुनासो
चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते
चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते
International Dating Can Be a Great Way to satisfy People Via Different Parts of the World
बोक्सी आरोप लगाउने माताविरुद्ध उजुरी
बोक्सी आरोप लगाउने माताविरुद्ध उजुरी
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल
निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश
निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश
रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी !
रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी !
दाउन्ने बस दुर्घटनामा पर्ने घाइतेमध्ये तीनको मृत्यु
किन आए भुटानका पूर्व प्रधानमन्त्री नेपालमा !
किन आए भुटानका पूर्व प्रधानमन्त्री नेपालमा !