निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ८, २०७९
|
|
१६ पटक हेरिएको
Shares
निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश

सारांश

  • काठमाडौँ  ।
  • उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।
  • निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

काठमाडौँ  । उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार निहारिकाको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।

जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् ।

गत माघ २४ गते जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि निहारिका अन्यायमा परेको भन्दै काठमाडौंमा पटक(पटक अनशन बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?