बाकसमा आउने भयो साउदीबाट रोल्पा कुरेलीका रामचन्द्रको शव

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बाकसमा आउने भयो साउदीबाट रोल्पा कुरेलीका रामचन्द्रको शव

सारांश

  • बाबुलाल बुढा साउदी, २० असार ।
  • सुन्दर सपना बोकेर रोजीरोटीका लागि विदेशिने युवाहरुको लश्कर चलिरहेकै बेला फेरि साउदीबाट एउटा शव बाकसमा फर्किने भएको छ ।
  • रोल्पाको परिवर्तन गाउँपालिका– १ कुरेलीका २३ बर्षीय रामचन्द्र पुनमगरको साउदीमा निधन भएको छ ।

बाबुलाल बुढा

साउदी, २० असार । सुन्दर सपना बोकेर रोजीरोटीका लागि विदेशिने युवाहरुको लश्कर चलिरहेकै बेला फेरि साउदीबाट एउटा शव बाकसमा फर्किने भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका– १ कुरेलीका २३ बर्षीय रामचन्द्र पुनमगरको साउदीमा निधन भएको छ ।

रोजगारीको सिलसिलामा काठमाडौंस्थित Wide Horizon Overseas Pvt. Ltd. म्यानपावरबाट ३१ महिना पहिले साउदी छिरेका पुनमगरको उपचारका क्रममा निधन भएको हो । पहिले साउदी अरबको रियादस्थित Saudi Carpet Company मा पुगेका उनी गत वगल १६ तारिखका दिन नियमितरुपमा कम्पनीमा काम गर्ने क्रममा मेसिन सफा गरिरहेको बेला एक्कासी विद्युत सट भएर आगलागी हुँदा जलेका थिए । उनको साउदीको रियादस्थित Riyad care Hospitalमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा उनको जुलाई ०२ तारिखमा निधन भएको हो । ३१ महिनासम्म घर नगएको मृतक रामचन्द्र पुनको परिवारमा बुवा वीरबहादुर पुन र आमा सम्जिता बुढा, भाइ भूपेन्द्र पुन र बहिनी मीना पुन रहेका छन् ।

अस्पतालमा नियमित सम्पर्क र भेटघाट गरिरहेका आफन्त खमबहादुर मगर, हुकुम सिंह रोका र कुरेली समाज साउदीका अध्यक्ष सुरेश रोकाको अनुसार मृतक पुनलाई आवश्यक रगत समेत दिएको तर बचाउन नसकेकोमा आफूहरु स्तव्ध भएको बताए । अप्रेसनको क्रममा ३ जनाले रगतदान समेत गरेका थिए । मृतकलाई अस्पतालले आइसियुमा राखेर उपचार गरिरहेको थियो ।

मृतकको शवलाई घर फर्काउन कानुनी पहलको लागि रोजगारीदाता कम्पनीसँग बुझेर छिटो प्रक्रिया चाल्न नेपाली दूतावास रियादका साथै राजदूत डा. महेन्द्र सिंहलाई नेपाली जन प्रगतिशील मञ्चका महासचिव बाबुलाल बुढाले जानकारी गराइसकेको बताइएको छ ।

(blogs.20minutos.es)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?