पहिले सरकार गठन अनि वाम एकता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पहिले सरकार गठन अनि वाम एकता

सारांश

  • काठमाडौं, १८ माघ – केन्द्रमा नयाँ सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ।
  • माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारे पनि एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय निष्कर्षमा नपुग्दा एकता प्रक्रिया पछि धकेलिएको हो।
  • नयाँ सरकार निर्माण, राष्ट्रपति, सभामुखलगायत चुनाव सकेर मात्रै यो विषयमा ‘निर्णायक’ छलफल हुने माओवादी वरिष्ठ नेता तथा पार्टी एकता संयोजन समिति सदस्य रामबहादुर थापा (बादल) ले बताएका छन्।

काठमाडौं, १८ माघ – केन्द्रमा नयाँ सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ। माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारे पनि एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय निष्कर्षमा नपुग्दा एकता प्रक्रिया पछि धकेलिएको हो।

नयाँ सरकार निर्माण, राष्ट्रपति, सभामुखलगायत चुनाव सकेर मात्रै यो विषयमा ‘निर्णायक’ छलफल हुने माओवादी वरिष्ठ नेता तथा पार्टी एकता संयोजन समिति सदस्य रामबहादुर थापा (बादल) ले बताएका छन्।

‘हाम्रो चाहना नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्ने गरी जानुपर्छ भन्ने थियो तर अहिले सरकार गठनअघि एकता प्रक्रिया निष्कर्षमा पुग्ने देखिएन’, नेता थापाले माओवादीका प्रदेश ३ का सांसदलाई बुधबार पेरिसडाँडामा प्रशिक्षण दिँदै भने, ‘अब सरकार गठन प्रक्रियाले पूर्णता पाएपछि मात्रै पार्टी एकताको विषय निष्कर्षमा पुग्छ।’

पार्टी एकता धकेलिने भएपछि राष्ट्रपति, सभामुखदेखि सबैमा दुई पार्टीले सिट संख्याका आधारमा दलीय भागबन्डा लगाउने भएका छन्। माओवादी नेता थापाले सबै पद दुई पार्टीबीच सहमतिका आधारमा टुंग्याउने र लगत्तै पार्टी एकताको निर्णायक वार्ता हुने बताएको माओवादी केन्द्रका नेता कुमार पौडेलले जानकारी दिए। यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।

(merakisalonnc.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?