एकै परिवारका ५ दिदी बहिनीमाथि एक पादरीले यौन शोषण गरेपछि !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
४० पटक हेरिएको
Shares
एकै परिवारका ५ दिदी बहिनीमाथि एक पादरीले यौन शोषण गरेपछि !

सारांश

  • अमेरिकाको पेन्सिल्वेनियाको एक चर्चमा सन १९८० को दशकमा एउटा यस्तो घटना घट्यो जुन घटनाले पुरै विश्वलाई आतंकित बनायो ।
  • चर्चका एक पादरीले गरेको त्यो यौन शोषण चर्चमा भएको अहिले सम्म कै भयाबह घटना मान्न सकिन्छ ।
  • एक पादरीले एकै परिवारका ५ दिदीबहिनीको सानै उमेर देखि यौन शोषण गरेको खबर एक टेलिभिजन कार्यक्रममा पिडित महिलाहरुले बताएका थिए ।

अमेरिकाको पेन्सिल्वेनियाको एक चर्चमा सन १९८० को दशकमा एउटा यस्तो घटना घट्यो जुन घटनाले पुरै विश्वलाई आतंकित बनायो । चर्चका एक पादरीले गरेको त्यो यौन शोषण चर्चमा भएको अहिले सम्म कै भयाबह घटना मान्न सकिन्छ ।

एक पादरीले एकै परिवारका ५ दिदीबहिनीको सानै उमेर देखि यौन शोषण गरेको खबर एक टेलिभिजन कार्यक्रममा पिडित महिलाहरुले बताएका थिए । उक्त पादरीले १८ महिना कि बालिकालाई पनि यौन शोषण गरेका थिए ।

पादरी बालिकाहरुलाई पहिले केही उपहार दिएर फकाउने प्रयास गर्थे । त्यसपछि उसको भित्रको राक्षस जागृत हुन्थ्यो । एकपटक उसले १३ वर्ष कि बालिकासँग यौन शोषण गरेको अरु तीन दिदी बहिनीले देखे तर उनीहरुले गर्न सक्ने कुरा केही थिएन । एक सञ्चार माध्यम सँग कुरा गर्दैै धेरैपटक उनीहरुलाई किचन टेवल मै पनि हातपात गरिएको तर आमा बुवाले देख्न नसकेको कुरा पिडितले भनिन् ।

उक्त पादरीलाई धेरै समय सम्म प्रतिष्ठा मिलिरह्यो । ‘उ एक पादरी हो । भगवान र मानिस बिचको कडी, यो जे भैरहेछ सबै ठिक भैरहेछ । ’ उनीहरु आफैलाई सम्झाउँथे । १५ महिनामा यौन शोषणमा परेकी महिलालाई त्यो सबै गलत रहेको कुरा १० वर्ष भएपछि मात्र थाहा भयो । जतिबेला उनी एउटा फिल्ममा पादरीले बालिकालाई शोषण गरेको र त्यसको लागि कारवाहिमा परेको देखिन् ।

पादरीले चर्चबाट अवकास लिएपछि उमाथि यौन शोषण सम्बन्धि मुद्दा दायर गरियो । तर कानुनी सजाय पाउनु अघि नै उसको मृत्यु भयो । एक अनुसन्धान अनुसार अमेरिकाको पेन्सिल्वेनियामा मात्र करिब ३०० पादरी द्वारा १००० बालबालिका यौन शोषित हुने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुमलटारको निर्णय : बादललाई दिइयो यस्तो जिम्मा
खुमलटारको निर्णय : बादललाई दिइयो यस्तो जिम्मा
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
न्यायालयको पुनसंरचना गराैं : पम्फा भुसाल
न्यायालयको पुनसंरचना गराैं : पम्फा भुसाल
आज पुस १९ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
आज पुस १९ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
आजदेखि ट्याक्सी चलाउन पाइने
आजदेखि ट्याक्सी चलाउन पाइने
नागरिकताकाे सट्टा राष्ट्रिय परिचय पत्र, वितरण गर्ने कार्य अन्तिम चरणमा
नागरिकताकाे सट्टा राष्ट्रिय परिचय पत्र, वितरण गर्ने कार्य अन्तिम चरणमा
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैँ असुरक्षित
पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैँ असुरक्षित
प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले आपसी मेलमिलाप – राष्ट्रपति
जिल्लाभरका शैक्षिक संस्था पुन  बन्द, अन्तरपालिका आवतजावतमा रोक
जिल्लाभरका शैक्षिक संस्था पुन बन्द, अन्तरपालिका आवतजावतमा रोक