सुनको भाउ फेरी बढ्यो, तोलाको कति ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ९, २०७७
|
|
२४ पटक हेरिएको
Shares
सुनको भाउ फेरी बढ्यो, तोलाको कति ?

सारांश

  • काठमाडौ, ९ साउन ।
  • सुनको मुल्य आज १३ सय रुपैयाँले बढेको छ ।
  • यो सुनको मुल्य हालसम्मकै उच्च विन्दु हो ।

काठमाडौ, ९ साउन । सुनको मुल्य आज १३ सय रुपैयाँले बढेको छ । यो सुनको मुल्य हालसम्मकै उच्च विन्दु हो । शुक्रबार छापावाला सुनको मुल्य ९५ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार पनि सुनको मुल्य ५ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यसैगरी आज तेजाबी सुनको मुल्य ९५ हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार चाँदीको मुल्य तोलामा १०५ रुपैयाँले बढेर १ हजार १५० रपैयाँ पुगेको छ । बुधबार बजारमा चाँदीको मुल्य १० रुपैयाँले बढेर १ हजार ४५ रुपैयाँ पुगेको थियो । नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मुल्य हो ।

(https://www.losaltosresort.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?