‘पपुलिस्ट’ निर्णय गर्दै देउवा सरकार, बजेट विनियोजन भइसक्यो
सारांश
- काठमाडौं, माघ १९ ।
- सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनार्थ सरकारले सगरमाथा क्षेत्रमा निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेको र त्यसका लागि बजेट विनियोजन भई काम शुरु भइसकेको जानकारी दिएका छन् ।
- नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेला कार्यक्रममा बस्नेतले पर्यटकको सुविधालाई मध्यनजर गरी सरकारले सगरमाथा र अन्नपूर्ण आधार शिविर परिसर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरिसकेको र चाँडै नै यो कार्यान्वयमा आउने बताए ।
काठमाडौं, माघ १९ । सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनार्थ सरकारले सगरमाथा क्षेत्रमा निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेको र त्यसका लागि बजेट विनियोजन भई काम शुरु भइसकेको जानकारी दिएका छन् ।
नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेला कार्यक्रममा बस्नेतले पर्यटकको सुविधालाई मध्यनजर गरी सरकारले सगरमाथा र अन्नपूर्ण आधार शिविर परिसर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरिसकेको र चाँडै नै यो कार्यान्वयमा आउने बताए ।
मन्त्री बस्नेतले यसबाट आरोहणका क्रममा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न र सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै सरकारले उपत्यकाको पशुपतिनाथ, स्वयम्भुलगायत अन्य धार्मिक क्षेत्रमा समेत वाईफाई निःशुल्क क्षेत्र घोषणा गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिएका थिए ।
प्रतिक्रिया