बलिउडबाट आफुलाई बाहिर फाल्न खोजेको कंगना रनौटको खुलाशा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २०, २०७७
|
|
२८ पटक हेरिएको
Shares
बलिउडबाट आफुलाई बाहिर फाल्न खोजेको कंगना रनौटको खुलाशा

सारांश

  • बलिउड कलाकार कंगना रनौट प्रायः जसो अनावश्यक कुराको कारण चर्चामा रहन्छिन् ।
  • कंगनाले प्रायः कलाकारहरुलाई नै निशाना बनाउने गर्छिन् ।
  • उनले आज फेरी करण जोहर र आदित्य चोपडालाई निशाना बनाएकी छिन् ।

बलिउड कलाकार कंगना रनौट प्रायः जसो अनावश्यक कुराको कारण चर्चामा रहन्छिन् । कंगनाले प्रायः कलाकारहरुलाई नै निशाना बनाउने गर्छिन् । उनले आज फेरी करण जोहर र आदित्य चोपडालाई निशाना बनाएकी छिन् । कंगनाले आफ्नो जीवन शर्तमा बिताएको बताएकी छिन् ।

बेवदुनियाको अनुसार कंगनाले फिल्म थलाइवीको रिलिज डेट परिर्वतन नहुने जानकारी ट्विट मार्फत दिएकी हुन् । अभिनेत्रीले पोस्टलाई रिट्विट गर्दै करण जोहर र आदित्य चोपडालाई निशाना साध्दै ‘बलिउडको ठेकेदार’ बताएकी हुन् ।

कंगनाले ट्विटमा लेखेकी छिन, ‘उनीहरुले मलाई बलिउडबाट बाहिर फाल्न सबै गरे । समुह बनाए तैपनि म निराश भइन् । आज करण जोहर र आदित्य चोपडा लुकिरहेका छन् । आज सबै लुक्दैगर्दा कंगना बलिउड बचाउन कै लागि १०० करोडको फिल्मको साथमा आएको छु ।’

यस भन्दा अघि पनि कंगनाले ट्विट गर्दै आफुलाई आमाको संज्ञा दिदै इतिहासमा सुनौलो अक्षरमा लेखेर आफुले बलिउडलाई बचाएको पनि बताएकी थिइन् । उनको फिल्म थलाइवी २३ अप्रिल २०२१ म रिलिज हुने जनाइएको छ । फिल्मलाई ए.एल विजयले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?