प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा योगेश भट्टराईलार्इ
सारांश
- काठमाडाैं, १६ साउन ।
- प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णयका लागि संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ ।
- बुधबार बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ ।
काठमाडाैं, १६ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णयका लागि संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ । बुधबार बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । यसअघि तीन पटकसम्म अनुमोदनसम्बन्धी निर्णयका लागि बोलाइएको बैठक अनिर्णित भएको थियो । सोमबार बोलाइएको बैठक आज दिउँसोसम्मका लागि स्थगित भएको थियो।
प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी जोशीको विपक्षमा उभिएको छ । विपक्षी दल कांग्रेस जोशीको पक्षमा देखिन्छ ।जोशीलाई अस्वीकृत गर्दा संसदीय सनुवाइ समितिले ‘कारणहरू’ खुलाउने भएको छ । आवश्यक प्रमाण जुटाउने जिम्मा सांसद योगेश भट्टराईलार्इ दिएको स्रोतले जनाएको छ ।
भट्टरार्इले कानुनविद्हरुसँग छलफल गरेर अस्वीकृत गर्दा के लेख्ने र के के गर्नुपर्छ नेतृत्वलार्इ जानकारी गराउने बताइएको छ । जोशीले अनुमोदन हुनका लागि राजनीतिक लविङ पनि तीव्र बनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार राति भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटपछि जोशी सकरात्मक देखिएका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि नै तीन दिनदेखि अदालत नगएका जोशी मंगलबारदेखि अदालत गएका छन् । समितिले जोशीको शैक्षिक योग्यताका प्रमाणपत्र, समितिमा गरेको प्रस्तुति लगायतमा अध्ययन गरिरहेको छ ।
प्रतिक्रिया