म प्राकृतिक रुपममै संवेदनशील छु, कविता पढ्नै सक्दिन..

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
म प्राकृतिक रुपममै संवेदनशील छु, कविता पढ्नै सक्दिन..

सारांश

  • काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्राकृतिक रूपमै संवेदनशील र भावुक भएकाले आवाज निकालेर साहित्यिक रचना पढ्न नसक्ने बताएका छन्।
  • माओवादी नेता एवम् पूर्वमन्त्री दीनानाथ शर्माको आइतबार साझाले प्रकाशन गरेको निबन्ध कृति ‘बाह्रखरीको बोटमुनि’ सार्वजनिक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।
  • ‘म प्राकृतिक रुपले अली बढी संवेदनशील र भावुक छु।

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्राकृतिक रूपमै संवेदनशील र भावुक भएकाले आवाज निकालेर साहित्यिक रचना पढ्न नसक्ने बताएका छन्। माओवादी नेता एवम् पूर्वमन्त्री दीनानाथ शर्माको आइतबार साझाले प्रकाशन गरेको निबन्ध कृति ‘बाह्रखरीको बोटमुनि’ सार्वजनिक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

‘म प्राकृतिक रुपले अली बढी संवेदनशील र भावुक छु। राम्रो कविता बोलेर पढ्न सक्दिन। म यत्ति भावुक हुन्छु कि शब्द निकालेर पढ्दा मलाई धेरै गाह्रो हुन्छ’, प्रचण्डले आफ्नो स्वभावबारे भने, ‘अनि मनमनै पढ्छु। राम्रो निबन्ध निबन्ध पढ्दा पनि मलाई त्यस्तै हुन्छ। राम्रो उपन्यास पढ्दा पनि मलाई त्यस्तै हुन्छ।’

लेनिनको भनाइ उद्धृत गर्दै प्रचण्डले राजनीतिमा बाध्यात्मक सक्रियताले गर्दा आफूले साहित्यमा ध्यान दिन नसकेको समेत बताए। उनले नेता शर्माले भने राजनीति र साहित्यमा समानान्तर रूपमा सक्रियता देखाएर उदाहरण प्रस्तुत गरेको उल्लेख गरे। ‘दैनिक राजनीति र घटनाक्रमको चपेटाले गर्दा मैले साहित्यिक क्षेत्रमा चाहेजस्तो ध्यान दिन सकेको छैन’, प्रचण्डले दीनानाथको प्रशंसा गर्दै भने, ‘एउटा मान्छेले समानान्तर ढंगले साहित्य र राजनीतिमा लाग्न सक्छ भन्ने उदाहरण दीनानाथ शर्मा कमरेडले प्रस्तुत गर्नु भएको छ।’ उनले शर्मालाई साहित्य र राजनीतिको एउटा मोडलको संज्ञा दिए।

कार्यक्रममा प्रचण्डले साझा प्रकाशनले झेल्नुपरेका समस्या हल गर्न सरकार र पार्टीका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साझा बचाउने कुरा नेपाली भाषा साहित्यको रक्षा, नेपाल राष्ट्रको एकता, नेपाली मनोविज्ञान र भावनाको कदरसँग सम्बन्धित भएको भन्दै उनले साझा जोगाउन सहयोग गर्ने बताए।

‘साझालाई यहाँसम्म ल्याउन यसका हरेक अभियानमा साथ दिएको छु, अभियानमा लाग्नु हुने सबैप्रति श्रद्धा र ऐक्यबद्धता रहँदै आएको छ’, प्रचण्डले भने, ‘विगतमा राजनीतिज्ञ र प्रधानमन्त्रीको हैसियतले सहयोग गरेकै हो, तर त्यो पर्याप्त भएको छैन।’ प्रचण्डले साझालाई सहयोग गर्दा समेत प्राविधिक अप्ठेरो आइपरेको समेत खुलासा गरे। उनले साझाको भवन बनाउने पहलमा साथ दिँदा जग्गा अर्कैले लिलामी गरेको सार्वजनिक गर्दै प्राविधिक अप्ठेरो परेको बताएका हुन्।

पार्टी एकता जनताको चाहना
प्रचण्डले एमाले र माओवादीको एकता आम जनताको चाहनामै भएको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीको १४ वर्षे जेलजीवन र आफ्नो १४ वर्षे वनबासको नतिजाले नै एमाले र माओवादीलाई एकतामा पुर्याएको दाबी गरे।
‘एउटा नेता १४ वर्षसम्म जेलमा अनेक उतारचढाव भोगेर आयो। अर्को नेता १४ वर्ष वनबास बसेर सबै उदारचढाव भोगेर आयो’, प्रचण्डले भने, ‘अहिले एउटा संयोग यस्तो बन्यो कि अब हामी एक भएका छौँ।’

उनले दुई नेता एक हुनु सबैको चाहनाको अभिव्यक्ति भएको बताए। देश अझ स्वाधिन बनोस् भन्ने सबैको चाहनाकाका कारण नै पार्टी एक भएको उनको भनाइ छ। ‘पार्टी एकता हामी सबैको चाहनाको अभिव्यक्ति हो। साहित्यकार, कलाकार, मजदुर, बुद्धिजिवी, संस्कृतिकर्मी, पत्रकार सबैसबैको चाहना नेपाल राष्ट्र अझ बलियो बनेर जाओस् भन्ने हो’, प्रचण्डले भने, ‘देशको स्वाधिनता अझ सुदृढ बनेर जाओस् भन्ने चाहनाकै अभिव्यक्तिका लागि हामीले एकताको सन्देश दिएका हौं।’

साझा प्रकाशनले छापेको शर्माको कृतिमा २० वटा निबन्ध समेटिएका छन्। कार्यक्रममा लेखक शर्माको कृतिमाथि प्रा.डा. उशा ठाकुर, प्रा.डा. बासुदेव त्रिपाठी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले समीक्षात्मक मन्तव्य व्यक्त गरे। कार्यक्रममा लेख शर्मालाई साहित्यकार मदनमणि दीक्षित, सत्यमोहन जोशी, प्रदीप नेपाललगायतले बधाई तथा शुभकामना दिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साझा प्रकाशनका समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गरे।अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हट्यो आजदेखि सवारीमा जोर विजोर प्रणाली
हट्यो आजदेखि सवारीमा जोर विजोर प्रणाली
झारखण्ड चुनाव : नरेन्द्र मोदीद्वारा हार स्वीकार, भाजपाले किन जोगाउन सकेन  ?
झारखण्ड चुनाव : नरेन्द्र मोदीद्वारा हार स्वीकार, भाजपाले किन जोगाउन सकेन ?
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
भारतकाे सात हजार एक सय हेक्टर जमिन नेपालको नियन्त्रणमा
भारतकाे सात हजार एक सय हेक्टर जमिन नेपालको नियन्त्रणमा
पूर्व सांसदले ३१ वटा ल्यापटप गायव पारे
पूर्व सांसदले ३१ वटा ल्यापटप गायव पारे
प्रधानमन्त्री अाउने प्रधानसेनापति जाने !
प्रधानमन्त्री अाउने प्रधानसेनापति जाने !
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर  भागिन !
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर भागिन !
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
जनताले किताब पढ्ने र लेख्ने होइन, विकास गर्ने नेता चाहेका छन्-दिपक बोहोरा
जनताले किताब पढ्ने र लेख्ने होइन, विकास गर्ने नेता चाहेका छन्-दिपक बोहोरा

तपाईंले छुटाउनुभयो कि?