सांसदले पाए खाना, आवासमा विशेष छुट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सांसदले पाए खाना, आवासमा विशेष छुट

सारांश

  • काठमाडौं, माघ १९ ।
  • प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरिएको छ ।
  • हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।

काठमाडौं, माघ १९ । प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरिएको छ ।

हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।

सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले जानकारी दिए ।

उनले भने, “प्रदेशको राजधानी हेटौंडा बनाउनका लागि यति सहयोग गर्न होटल व्यवसायी तयार छन्, सांसदलाई सेवा दिन पाउँदा खुशी पनि छन् ।” हेटौँडामा पर्याप्त होटल रहेको भन्दै उनले प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताए ।

अस्थायी मुकाम हेटौंडा तोकिएपछि संघले बैठक बोलाएर प्रदेश सांसदलाई खाना र बसाइँमा छुट दिने निर्णय गरेको अध्यक्ष शर्माले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा सहभागि हुन हेटौँडा आइपुगेका सांसदलाई आवास तथा खानाको व्यवस्था मिलाउन पाउँदा खुशी लागेको मानस गेष्ट हाउसका सञ्चालक मानबहादुर लामाले बताए ।

त्यसैगरी थकाली भान्छाघरका सञ्चालक शम्भु अधिकारीले छुट पाएकामा सांसदहरु खुशी भएको बताउँदै स्थायी राजधानी हेटौँडा भएको खण्डमा सधैँ छुट दिन सकिनेसमेत बताए ।

हेटौंडाका होटल व्यवसायीले गरेको छुट हेटौँडावासीको माया भएको सांसद रीता माझीले बताए । होटल व्यवसायीको यस कार्यले सांसदहरु खुशी नै भएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुडिरहेको बसबाट खसेर एक खलाँसीको मृत्यु
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
जाडो मोसममा  हृदयघातको सम्भावना बढी !
जाडो मोसममा हृदयघातको सम्भावना बढी !
एक किलो चाँदीसहित भारतीय पक्राउ
एक किलो चाँदीसहित भारतीय पक्राउ
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ  -चिनियाँ मुखपत्र
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ -चिनियाँ मुखपत्र
सुकेधारामा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी
सुकेधारामा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी
कतार विश्वकै तेस्रो सुरक्षित राष्ट्रको सूचीमा
कतार विश्वकै तेस्रो सुरक्षित राष्ट्रको सूचीमा
स्वराजले गरिन समृद्धिको कुरा , राजपा नेताले गरे संविधान संशोधनको कुरा !
स्वराजले गरिन समृद्धिको कुरा , राजपा नेताले गरे संविधान संशोधनको कुरा !
मतदाता शिक्षामा दलकै भर
मतदाता शिक्षामा दलकै भर

तपाईंले छुटाउनुभयो कि?