रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !

सारांश

  • काठमाडौं,१३ वैशाख ।
  • हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ ।
  • सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समातिन थालेपछि सुरक्षाकर्मीसँगकै मिलेमतोमा यो घटना भएको आशंकामा थप बल पगेको छ ।

काठमाडौं,१३ वैशाख ।हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ ।

सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समातिन थालेपछि सुरक्षाकर्मीसँगकै मिलेमतोमा यो घटना भएको आशंकामा थप बल पगेको छ ।

यस प्रकरणमा संलग्न भनिएका दुइजनाको शंकास्पद मृत्यु र एकजनाको हत्या भईसकेको छ तर पनि सुन कहाँ छ भन्ने खुल्न सकेको छैन ।

फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्वर पुग्नुपर्ने थियो । तर, सुन र मान्छे बेपत्ता भएपछि योजनाकार आत्तिए,

गोरे र सन्जेलबीचको सहमतिको रिपोर्टिङ महानगरिय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई भइरहेको थियो । यो बीचमा पैसाको बार्गेनिङ भयो, प्रहरी अधिकारीहरुले पाँच करोड मागेका थिए, अन्तिममा दुई करोडमा सहमति भएको हो ।

तर, गोरेलाई समात्न गएका डिएसपी केसी अपरेशनकै बीचमा एक दिन मोबाइल पनि स्वीच अफ गरेर प्रहरी सम्पर्कबाट बाहिर थिए । त्यसैले पनि उनीमाथि शंका छ । ठोस आधार नभेटिएकोले केसी र लोहनीलाई निगरानीमा राखेर वयान लिने क्रम जारी छ । तर, अपरेशनमा कुनै सम्वन्ध नभएका एसपी विकासराज खनाल र पुर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्
जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
महरा कति वर्षा जेल बस्नुपर्छ?
महरा कति वर्षा जेल बस्नुपर्छ?
भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
नवनियुक्त सातै प्रदेशका प्रमुखहरुले लिए शपथ
नवनियुक्त सातै प्रदेशका प्रमुखहरुले लिए शपथ
Diksha Khati from Jhapa Participants on Miss Universe Nepal
Diksha Khati from Jhapa Participants on Miss Universe Nepal
यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा