सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो
सारांश
- काठमाडौं, १९ माघ ।
- दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुषमा स्वराज स्वदेशतर्फ उडेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् ।
- प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत त्यस्तो झटारो हानेका हुन् ।
काठमाडौं, १९ माघ । दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुषमा स्वराज स्वदेशतर्फ उडेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् ।
प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत त्यस्तो झटारो हानेका हुन् । उनले भनेका छन्, “उग्र रास्ट्रवादको घुम्टोभित्रबाट क्रमशः माउसुली अवतार उदाउँदै छ भनी हाल्दिन म । तर भोटको रोटी सेकिसकेर तावा त गजबले सेलाइसकेछ नि महोदय ?”
प्रवक्ता शर्माले अझै अगाडि प्रश्न गरेका छन्, “कांग्रेसले त्यसो–त्यसो गरेको भए
कसो–कसो भनिसक्नुहुन्थ्यो होला नि ओलीज्यु ?”
उग्र रास्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउंदै छ भनी हाल्दिन म ! तर भोटको रोटि सेकिसकेर `तावा´ त गजबले सेलाइसकेछ नि महोदय ?
कांग्रेसले त्यसो-त्यसो गरेको भए
कसो-कसो भनि´सक्नुहुन्थ्यो होला नि ओलिज्यु ?— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 2, 2018
प्रतिक्रिया