सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो

सारांश

  • काठमाडौं, १९ माघ ।
  • दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुषमा स्वराज स्वदेशतर्फ उडेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् ।
  • प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत त्यस्तो झटारो हानेका हुन् ।

काठमाडौं, १९ माघ । दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुषमा स्वराज स्वदेशतर्फ उडेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत त्यस्तो झटारो हानेका हुन् । उनले भनेका छन्, “उग्र रास्ट्रवादको घुम्टोभित्रबाट क्रमशः माउसुली अवतार उदाउँदै छ भनी हाल्दिन म । तर भोटको रोटी सेकिसकेर तावा त गजबले सेलाइसकेछ नि महोदय ?”

प्रवक्ता शर्माले अझै अगाडि प्रश्न गरेका छन्, “कांग्रेसले त्यसो–त्यसो गरेको भए
कसो–कसो भनिसक्नुहुन्थ्यो होला नि ओलीज्यु ?”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?