शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
२८ पटक हेरिएको
Shares
शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्य

सारांश

  • काठमाडाैं।
  • केही दिनअघि मात्रै संसदको उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
  • मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

काठमाडाैं। केही दिनअघि मात्रै संसदको उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

नेकपा केन्द्रीय समितिको बैठक आजै सुरु हुँदैछ। त्यसैको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।

पार्टी एकताअघि तुम्बाहाङ्फे तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन्। तर उपसभामुख बनेपछि संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता परित्याग गरेकी थिइन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा परेपछि गत असोज १४ देखि प्रतिनिधिसभा सभामुखविहीन बनेकाे थियो।

त्यसमा पदपूर्ती गर्न नेकपाले नेता अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुपरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?