चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
सारांश
- जनताको एजेण्डा नै बिकासको एजेण्डा समझदारी, इमान्दारी र जिम्मेवारी व्यक्तिका रुपमा परिचित ने.
- क.
- पा.
जनताको एजेण्डा नै बिकासको एजेण्डा समझदारी, इमान्दारी र जिम्मेवारी व्यक्तिका रुपमा परिचित ने.क.पा. (एमाले) धनकुटा नगरपालिकामा मेयर पदका उम्मेद्वार चिन्तन थिङ तामाङले समृद्ध धनकुटा निर्माणको लागि बिभिन्न ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक गरेका छन् ।
Ativan) jpg?oh=fd1008c9811607808182a839caec8217&oe=594FBCB5″ />
धनकुटा जिल्लालाई प्रदेश नं. १ को राजधानी बनाउने, धनकुटाको बेलहारामा बिमानस्थलको निर्माण, वडा नं. १ हिले बजारलाई पर्यटकिय बजार बनाउने लगायका ३४ वटा महवपूर्ण कार्ययोजना सहितको घोषणा पत्र सार्वजनिक गर्दै तामाङले समृद्ध धनकुटा निर्माण अभियानमा आफू राजनितिक प्रतिनिधी बनेर होइन, कुशल समाज सेवक बनेर धनकुटा नगरको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । हल्लाले हैन सबैजनाको सल्लाह र सहभागिताले नगरको विकास गर्न सकिन्छ भन्दै तामाङले घोषणा पत्रमा उल्लेख गरिएका प्रविद्धताको अक्षरस पालना गर्दै सबै क्षेत्र, समुदायलाई समेटेर जाने उद्घोष गर्दै नगरवासीहरुलाई सूर्य चिन्हमा मतदान गरी बिजय बनाउन आग्रह गर्नुभयो ।












प्रतिक्रिया