पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

सारांश

  • गरूडा (रौतहट)।
  • जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ।
  • जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आज अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेको हो।

गरूडा (रौतहट)। जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ। जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आज अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेको हो।

उनीहरुलाई रौतहटको राजपुरफरदवा गाउँमा १७ वर्षअघि भएको बम विस्फोटनसम्बन्धी घटनामा संलग्न भएको आरोपमा जन्मकैद सजाय फैसला भएको हो। सोही घटनामा संलग्न भनिएका मुक्ति साहलाई भने सफाइ दिएको र फरार रहेका अन्य छ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए।

गत सोमबारदेखि जारी बहसमा आजसम्म बादी पक्षबाट तीन जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट नौ जना गरी १२ जनाले बहस गरेका थिए।

बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा विसं २०७६ कात्तिक १८ गते पूर्व सांसद आलमसहित ११ जनाविरूद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो।

विसं २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरफरदवामा भएको बम विस्फोट भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेबाट बागी उम्मेद्वारी दिएका शर्माको सदस्यता खारेज !
एमालेबाट बागी उम्मेद्वारी दिएका शर्माको सदस्यता खारेज !
कांग्रेस खुम्चिएर माइतीघर भन्दा बाहिर आमसभा गर्न-नसक्ने अवस्थामा पुग्छ: प्रधानमन्त्री ओली
एकीकृत पार्टीमा कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता !
एकीकृत पार्टीमा कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता !
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित !
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरलाइ
राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरलाइ
प्रतिक्षाको घडि समाप्त, सन्जु को ट्रेलर आउँदै
प्रतिक्षाको घडि समाप्त, सन्जु को ट्रेलर आउँदै
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशीफल
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशीफल
भेरीमा मुटुरोग उपचार सेवा प्रभावित
भेरीमा मुटुरोग उपचार सेवा प्रभावित

तपाईंले छुटाउनुभयो कि?