प्रदेश संसद् बैठकका लागि नमुना अभ्यास

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
३९ पटक हेरिएको
Shares
प्रदेश संसद् बैठकका लागि नमुना अभ्यास

सारांश

  • काठमाडौं, २२ माघ- प्रदेश ४ को ऐतिहासिक पहिलो प्रदेश संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
  • सोमबार ११ बजे बस्ने संसद् बैठकका लागि आइतबार नमुना अभ्यास (रिहर्सल) समेत गरी तयारी पूरा गरेको हो ।
  • ६० जना सांसदमध्ये ५७ जनाले संसद् भवनमै उपस्थित भएर रिहर्सल गरे ।

काठमाडौं, २२ माघ- प्रदेश ४ को ऐतिहासिक पहिलो प्रदेश संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार ११ बजे बस्ने संसद् बैठकका लागि आइतबार नमुना अभ्यास (रिहर्सल) समेत गरी तयारी पूरा गरेको हो । ६० जना सांसदमध्ये ५७ जनाले संसद् भवनमै उपस्थित भएर रिहर्सल गरे ।

पोखरा–लेखनाथ महानगरपालिका–३ नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा बैठक बस्दै छ । बैठकमा कुनै कमजोरी नहोस् भनेर आइतबार नै नमुना अभ्यास (रिहर्सल)समेत गरिएको प्रदेश मुख्यसचिव लक्ष्मण अर्यालले बताए । सोमबार हुने पहिलो प्रदेश संसद् बैठकको अध्यक्षता संसद्का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ गर्नेछन् आजको नयाँपत्रिका दैनिकमा खबर छ।

सभामुख र उपसभामुखको निर्वाचन तोकिँदै
प्रदेश ४ को सभामुख र उपसभामुखको निर्वाचन मिति सोमबार तोकिने भएको छ । पहिलो संसद् बैठक बस्नुभन्दा १ घन्टाअगाडि बस्ने तय भएको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रदेश संसद्को सुरक्षा दुई तहमा
प्रदेश संसद्को सुरक्षा प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ । संसद् भवनमा दुईतहको सुरक्षा व्यवस्था गरिएको छ । भित्र मर्यादापालकले र बाहिर प्रहरीले सुरक्षा दिनेछन् । सभाहलमा दर्शकदीर्घामा बस्ने दर्शक, आमन्त्रित व्यक्तित्व, प्रदेश सरकारका कर्मचारी र पत्रकार बस्ने गरी व्यवस्थापन भएको छ । संसद् सचिवालयमा मिडिया सेन्टर स्थापना गरिएको छ । संघीय संसद्मा गरिएका अभ्यासहरू सबै प्रदेश संसद्मा रहेको मुख्यसचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

१६ जना मर्यादापालक खटिए
संसद्को पहिलो बैठकका लागि १६ जना मर्यादापालक खटिँदै छन् । जसमा १२ पुरुष र ४ महिला छन् । प्रहरी निरीक्षक लिलाराज लामिछानेको नेतृत्वमा मर्यादापालक टोली खटिएको छ । टोलीमा १ जना प्रहरी सहायक निरीक्षक र ७ प्रहरी हवल्दार र ६ जना जवान खटिँदै छन् । यसअघि ३० जना मर्यादापालक खटाउने तयारी भए पनि सामान्य अवस्थामा संसद् चल्ने अनुमान गरी संख्या घटाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्सी चालक लामाको हत्यामा संलग्नहरु पक्राउ…
ट्याक्सी चालक लामाको हत्यामा संलग्नहरु पक्राउ…
Reviewing the Cost of Employing Firestick VPN With Paid Apps
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
बैशाख ९ गते एमाले–माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ
बैशाख ९ गते एमाले–माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था
पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था
कोरोना भाइरसको डरले बेलायती महारानीले दरवार छोडिन
कोरोना भाइरसको डरले बेलायती महारानीले दरवार छोडिन
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानिस मर्ने, यस्तो छ अध्ययन प्रतिवेदन
काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानिस मर्ने, यस्तो छ अध्ययन प्रतिवेदन
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !

तपाईंले छुटाउनुभयो कि?