काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानिस मर्ने, यस्तो छ अध्ययन प्रतिवेदन

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानिस मर्ने, यस्तो छ अध्ययन प्रतिवेदन

सारांश

  • काठमाडौं, फागुन ५ ।
  • उपत्यकामा फेरी ७.
  • ८ रेक्टर स्केलको भूकम्प गएमा ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने एक अध्यायनले देखाएको छ ।

काठमाडौं, फागुन ५ । उपत्यकामा फेरी ७.८ रेक्टर स्केलको भूकम्प गएमा ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने एक अध्यायनले देखाएको छ । तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए काठमाडौंमा फेरी गएमा यति क्षति हुने अध्ययनले देखाएको हो ।

यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद् जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग (जाइका)सँग मिलेर गरेको अध्ययन प्रतिवेदनमध्ये नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो ।

तीन वर्षको समय लगाएर गरिएको अध्ययनअनुसार यो क्षमताको भूकम्प दोहोरिए काठमाडौं उपत्यकामा ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने उल्लेख छ ।

यसअघि पनि विभिन्न दातृ संस्थाहरूले काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन् । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सुमन सालिकेले काठमाडौं उपत्यका भूकम्पको उच्च जोखिममा रहेकाले ७.८ रेक्टरको भूकम्प दोहोरिए ५७ प्रतिशतभन्दा बढी उपत्यकावासीलाई अस्थायी वासको व्यवस्था गर्नुपर्ने बताए ।

‘करिब ३ वर्षअघिकै भूकम्प दोहोरिए काठमाडौं उपत्यकामा २२ हजारभन्दा बढीको ज्यान जाने देखिएको छ,’ उनले भने, ‘यसरी भूकम्प दोहोरिँदा ७ खर्ब ६६ अर्बको भौतिक संरचना नष्ट हुने देखिएको छ ।’

प्रतिवेदनअनुसार भूकम्पबाट ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार ८० जना विस्थापित हुनेछन् । काठमाडौं उपत्यकामा १ लाख ३६ हजार भवनमा अत्यधिक तथा ६२ हजार भवनमा मध्यमखाले क्षति पुग्ने अध्ययनले देखाएको छ । यस्तै, ७७ हजार ७ सय १३ भवनमा सामान्य क्षति पुग्ने पनि अध्ययनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनअनुसार यसरी भूकम्प जाँदा भवनतर्फ मात्र ७ खर्ब ६१ अर्ब ५३ करोडको क्षति हुने छ । अध्ययनले सोहीअनुसार नै भूकम्प गएमा विद्युतका १ लाख ९० हजार पोलहरू नष्ट हुने तथा ३ सय ७३ बीटीएस टावर क्षतिग्रस्त हुनेछन् । य

स्तै, ३ हजार ४ सय ९६ वटा हाल जडित खानेपानीका धारा तथा ४ सय ८० स्थानमा प्रस्तावित पाइपलाइनमा क्षति पुग्ने अध्ययनमा उल्लेख छ ।

अध्ययनअनुसार १ सय ५३ वटा स्वास्थ्य संस्थामा अत्यधिक क्षति हुने तथा ८३ संस्थामा मध्यम र १ सय ५ संस्थामा सामान्य क्षति हुने बताइएको छ ।

यस्तै, १ सय २६ वटा सरकारी संस्थामा अत्यधिक, ६६ वटा संस्थामा मध्यम र ८५ वटा सरकारी संस्थामा सामान्य क्षति हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार १ हजार ६ सय ५४ वटा विद्यालय भवनमा अत्यधिक, ८ सय १० भवनमा मध्यम र १ हजार ५७ विद्यालय भवनमा सामान्य क्षति हुने देखिएको छ ।

भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि निजी आवासतर्फ १५ वर्षसम्म वार्षिक ८८ अर्ब रुपैयाँका दरले खर्च गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल सकारलाइ डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी
नेपाल सकारलाइ डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी
सय किलो सुन तस्करीको छानबिन कसले गर्ने? दुई निकायबीच जुहारी शुरू
सय किलो सुन तस्करीको छानबिन कसले गर्ने? दुई निकायबीच जुहारी शुरू
पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपालमा आइपुग्यो
पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपालमा आइपुग्यो
नेपाल भारत सम्बन्ध बिगार्न खोज्नेबाट सचेत बन्न भारतको आग्रह
नेपाल भारत सम्बन्ध बिगार्न खोज्नेबाट सचेत बन्न भारतको आग्रह
खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने
खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने
प्रधानमन्त्री देउवाको अपराजित यात्रामा लगाउलान् त खगराज भट्टले ब्रेक ?
प्रधानमन्त्री देउवाको अपराजित यात्रामा लगाउलान् त खगराज भट्टले ब्रेक ?
नेपालगञ्जमा ९ जना र पर्सामा १ जना कोरोना संक्रमित थपिए, जम्मा ६९ संक्रमित
नेकपा सांसद खनिए नेत्तृत्वसँग
नेकपा सांसद खनिए नेत्तृत्वसँग
सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान
सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान
रबि लामिछाने भन्छन प्रहरीसँग आफू सुरक्षित छैन !!!
रबि लामिछाने भन्छन प्रहरीसँग आफू सुरक्षित छैन !!!

तपाईंले छुटाउनुभयो कि?