चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत

सारांश

  • चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई भव्य स्वागत गरेका छन् ।
  • चुनावी अभियान अन्तर्गत आज चितवनको माओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन ।
  • पीड़ितहरूसँग छलफलपछि माओवादी केन्द्र र पीड़ितहरूबीच  तीन बुदे लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षेर समेत भएको छ ।

चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई भव्य स्वागत गरेका छन् । चुनावी अभियान अन्तर्गत आज चितवनको माओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन ।

पीड़ितहरूसँग छलफलपछि माओवादी केन्द्र र पीड़ितहरूबीच  तीन बुदे लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षेर समेत भएको छ । प्रतिवद्धता पत्रमा मृतकका आश्रित परिवारको अवस्था हेरी रोजगार र जीवनवृतिको व्यवथा, घाइतेको अवस्था हेरी उपचार तथा जीवनवृतिको व्यवस्था र बाँदरमुडे घटनास्थलमा मृतकहरुको सम्झनामा १० विगा जग्गामा स्मारक बनाउने लिखित सहमति भएको छ ।

बाँदरमुडेमा भव्य स्वागत भएपछि चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार प्रचण्ड उत्साहित देखिएका छन् । पीडित एक, दुई परिवार बाहेक अन्य सबैले प्रचण्डलाई खुलेर स्वागत गरेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Netra Ghimire

    हावा

    Comment Author

    Hari Hancy Hero Hero

    Pedetala garako hoen uasako varautala garako

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?