रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०८०
|
|
२८ पटक हेरिएको
Shares
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध

सारांश

  • मुम्बई।
  • मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिँडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ।
  • बलात्कारमा परेकी ती बालिकाको योनी छेद भएपछि रक्ताम्मे शरीर लिएर दुइ घन्टा सडकमा हिँड्दा पनि कसैले पनि उनलाई सहयोग नगरेको घटनाले सिंगो भारत स्तब्ध भएको हो।

मुम्बई। मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिँडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ।

बलात्कारमा परेकी ती बालिकाको योनी छेद भएपछि रक्ताम्मे शरीर लिएर दुइ घन्टा सडकमा हिँड्दा पनि कसैले पनि उनलाई सहयोग नगरेको घटनाले सिंगो भारत स्तब्ध भएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार महाकालको सहर उज्जैनबाट दिल्लीको निर्भया जस्तो बलात्कारको घटना बाहिर आएको हो। सो बलात्कारपछि नाबालिगको गोप्य भागमा क्षति पुगेको थियो। उनी साढे दुई घण्टासम्म अर्धनग्न अवस्थामा महाकाल नगरमा घुमिरहेकी थिइन्। कसैले सहयोग पनि गरेनन्।

दिल्लीको निर्भयाको बलात्कारको घटना झै सो घटनालाई दाँजेर हेरेपछि भारतीय राजनीति गरम भएको छ। कांग्रेस नेता राहुल गान्धीले पनि यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् र राज्य सरकारलाई घेराऊ गरेका छन्। उनले मध्य प्रदेशमा १२ वर्षीया बालिकामाथि भएको जघन्य अपराध भारत माताको मुटुमा चोट लागेको ट्विटरमा लेखेका छन्।

‘मध्यप्रदेशमा नाबालिग बालिका विरुद्धको अपराध र बलात्कारका घटनाहरु सबैभन्दा धेरै छन्। अपराधीहरू ती अपराधीहरू हुन्, जसले यी अपराधहरू गरे। साथै, राज्यको भाजपा सरकार छ, जो छोरीहरूको रक्षा गर्न असमर्थ छ। न्याय छैन, कानून व्यवस्था छैन र अधिकार छैन। आज मध्यप्रदेशका छोरीहरूको अवस्था देखेर सिंगो देश लज्जित छ। तर प्रदेशका मुख्यमन्त्री र देशका प्रधानमन्त्रीलाई लाज लाग्दैन- चुनावी भाषण, खोक्रो वाचा र झूटा नाराका बीचमा छोरीको चिच्याहटलाई दबाएका छन्’ उनको आरोप छ।

तर, सो प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रको भनाइ बाहिर आएको छ। उज्जैन घटनाको छानबिन गर्न एसआईटी गठन गरिएको उनले जानकारी दिएका छन्। उनका अनुसार एकजना संदिग्धलाई पनि नियन्त्रणमा लिएको छ र छानबिन भइरहेको छ। र, छानबिनका आधारमा कडा कारबाहीसमेत गरिने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?