जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
५८ पटक हेरिएको
Shares
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन

सारांश

  • काठमाडौँ, २२ माघ, सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले जनतालाई प्रत्येक लाभ हुने गरी द्रुत गतिमा काम गर्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
  • टेलिकमको १४औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमको उट्घाटन गर्दै मन्त्री बस्नेतले टेलिकमका आन्तरिक समस्यालाई आन्तरिक रूपमै समाधान गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमका कर्मचारीलाई आह्वान गर्नुभयो ।
  • “सबैले आफ्ना कमीकमजोरी सुधार गरी कम्पनी र जनताका लागि सामूहिक भावनाका साथ काम गर्नुपर्छ, त्यसो गरेमा मात्र निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न सकिन्छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले भन्नुभयो ।

काठमाडौँ, २२ माघ, सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले जनतालाई प्रत्येक लाभ हुने गरी द्रुत गतिमा काम गर्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

टेलिकमको १४औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमको उट्घाटन गर्दै मन्त्री बस्नेतले टेलिकमका आन्तरिक समस्यालाई आन्तरिक रूपमै समाधान गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमका कर्मचारीलाई आह्वान गर्नुभयो ।

“सबैले आफ्ना कमीकमजोरी सुधार गरी कम्पनी र जनताका लागि सामूहिक भावनाका साथ काम गर्नुपर्छ, त्यसो गरेमा मात्र निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न सकिन्छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले भन्नुभयो ।

मन्त्री बस्नेतले नेपालका प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले शुरूमा कम्तीमा १४ जिल्लामा काम शुरू गरिसकेको जानकारी दिनुभयो ।

सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले निजी कम्पनीसँगको कडा प्रतिष्पर्धा गर्नुपर्ने सन्दर्भमा सामूहिक उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका अध्यक्ष दीगम्बर झाले नेपाल टेलिकमले जनतालाई ठग्न नदिन सफल भए पनि प्रतिष्पर्धामा भने ओरालो लाग्दै गएको छ भन्नुभयो ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले १४ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक करिब चार लाख २२ हजारमात्र रहेकामा अहिले कम्पनीले मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा तारसहित र तारसहितका सेवा तथा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको ग्राहक आधारमा निरन्तर वृद्धि भई एक करोड ८५ लाख नाघिसकेको जानकारी दिनुभयो ।

टेलिकमले प्रिपेड सेवाग्राहीलाई कुरा गर्दैगर्दा ब्यालेन्स सकिए पनि फोन सम्पर्कलाई निरन्तरता दिन नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको छ ।

कार्यक्रममा २० वर्ष स्थायी सेवा गर्ने ९६ जना कर्मचारीलाई २० वर्षे पदक प्रदान गरिएको छ । त्यसैगरी विक्रेता कम्पनी÷व्यक्ति तथा गत वर्ष सर्वाधिक बिल भुक्तानी गर्ने ग्राहकलाई सम्मान गरियो ।

मन्त्रालयका निमित्त सचिव तथा टेलिकमका अध्यक्ष प्रेमकुमार श्रेष्ठले टेलिकम सेवालाई ग्रामीण तहसम्म पु¥याउने योजनाअनुसार टेलिकमले तीव्र गतिमा काम गरिरहेको छ भन्नुभयो ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहमा कुन दल बाट को-को बने उम्मेदवार ?
स्थानीय तहमा कुन दल बाट को-को बने उम्मेदवार ?
सुशान्त सिंह राजपुतको कोठाको ताला फोड्नेले खोले यस्तो रहस्य
बुस्टर डोज फागुनमा आउने
बुस्टर डोज फागुनमा आउने
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
कपिलवस्तुका १० वटै स्थानीय तहमा मतगणना १० बजेपछि
कपिलवस्तुका १० वटै स्थानीय तहमा मतगणना १० बजेपछि
काङ्ग्रेस हिन्दूराष्ट्रको पक्षमा छैनः उपसभापति निधि
काङ्ग्रेस हिन्दूराष्ट्रको पक्षमा छैनः उपसभापति निधि
ललितपुर प्रहरी प्रमुखमा शेखर खनाल र सिडियोमा तुलसी श्रेष्ठ
ललितपुर प्रहरी प्रमुखमा शेखर खनाल र सिडियोमा तुलसी श्रेष्ठ
संसदमा गगन थापा : प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डमाथि यसरी खनिए(भिडियोसहित)
कम्बोडियाली आमनिर्वाचनः हुन सेनको प्रधानमन्त्रीत्वकाल पुनः थप हुने
कम्बोडियाली आमनिर्वाचनः हुन सेनको प्रधानमन्त्रीत्वकाल पुनः थप हुने
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा