संसदमा गगन थापा : प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डमाथि यसरी खनिए(भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • पुष १३, काठमाण्डौ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।
  • प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै थापाले कर्मचारी अध्यादेश फिर्ता लिएर तीन तहको ऐनहरु बनाउन सरकारलाई आग्रह गरेका हुन् ।

पुष १३, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै थापाले कर्मचारी अध्यादेश फिर्ता लिएर तीन तहको ऐनहरु बनाउन सरकारलाई आग्रह गरेका हुन् ।

https://youtu.be/RIo0GqbgakU

कर्मचारीहरु आन्दोलनमा रहेको बताउँदै थापाले देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन भएको भए यस्तो अवस्था नआउने बताए ।

जिम्मेवारबाला मन्त्रीले पनि सुझबुझ विना अध्यादेश ल्याएको आरोप लगाउदै उनले केही व्यक्तिको स्वार्थमा अध्यादेश ल्याइएको जिकिर गरे ।

एउटै खालका कर्मचारी भर्ना हुँदा एउटा मुख्य सचिवसम्म बन्न सक्ने अर्को चाही जहाँ को त्यही रहने व्यवस्था उचित नहरेको उनको भनाई छ । थापाले अध्यादेश फिर्ता लिएर तीनै तहको ऐनहरु बनाउनु सुझाव पनि दिएका छन् ।

त्यस्तै कांग्रेसकै सांसद डा.अमरेशकुमार सिंहले एसिया प्यासिफिक कार्यक्रममा संसदको लोगो प्रयोग गरिएकोमा आपत्ति जनाए ।
उनले जुन अधिकारीको निर्णयमा लोगो प्रयोग भएको छ त्यसलाई कारवाही हुनु पर्ने मागसमेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?