प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत किन हतारियो?

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत किन हतारियो?

सारांश

  • काठमाडौं – विगतका परम्परालाई दोहो-याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने भएका छन्।
  • दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीले पहिलो विदेश भ्रमण चैत २३ देखि २५ गतेसम्म भारतको गर्ने तय भएको छ।
  • भारतीय पक्षले प्रस्ताव गरेकै मितिमा प्रधानमन्त्री ओलीले भ्रमण गर्ने जनाउ दिएपछि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको छ ।

काठमाडौं – विगतका परम्परालाई दोहो-याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने भएका छन्। दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीले पहिलो विदेश भ्रमण चैत २३ देखि २५ गतेसम्म भारतको गर्ने तय भएको छ। भारतीय पक्षले प्रस्ताव गरेकै मितिमा प्रधानमन्त्री ओलीले भ्रमण गर्ने जनाउ दिएपछि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणमा ठूला सन्धि–सम्झौता हुँदैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले ३ दिने भारत भ्रमणको विषयमा जानकारी दिँदै भन्यो, ‘भ्रमणका बेला हालसम्म नेपाल र भारतबीच भएका सन्धि– सम्झौता समीक्षा गर्ने र पूरा हुननसकेका पुराना सन्धि–सम्झौता कार्यान्वयनमा जोड दिइनेछ।’

प्रधानमन्त्रीको निर्देशनअनुसार परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको छ । परराष्ट्रले सरोकारवाला मन्त्रालयसँग अजेन्डा मागेपछि मन्त्रालयहरु पनि आन्तरिक छलफलमा जुटेका छन्। सबै मन्त्रालयबाट सुझाव आएपछि भ्रमणका अजेन्डा प्राथमिकताका आधारमा तय गरिनेछ। ‘भ्रमण नेपाल र भारतबीचको सम्बन्ध सुधारमा केन्द्रित हुनेछ,’ स्रोतले भन्यो।

‘यसपटक प्रधानमन्त्रीज्यूलाई स्वागत गर्न भारत निकै हतारिएको देखिन्छ। उसले भ्रमणको मिति प्रस्ताव गरेको थियो, प्रधानमन्त्रीज्यूले त्यसमा सहमति जनाउनुभयो। यसैअनुरुप अहिले भ्रमण तयारी सुरु गरिएको छ। भ्रमणको औपचारिक घोषणा दुवै देशले एकसाथ गर्नेछन्,’ स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने भारतले भ्रमण मिति प्रस्ताव गरे पनि तय भइनसेको बताए। उनका अनुसार केही दिनमै अजेन्डा तयार भएपछि भ्रमण मिति औपचारिक रुपमा घोषणा गरिनेछ। ‘हामी भ्रमणको तयारीमा छौं, अजेन्डा तय गर्न बाँकी छ,’ रिमालले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?