सुशान्त सिंह राजपुतको कोठाको ताला फोड्नेले खोले यस्तो रहस्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ६, २०७७
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • सुशान्त सिंहको आत्महत्या प्रकरणमा सीबीआईले तिव्र रुपमा जाँच गरिरहेको छ ।
  • पहिलो दिनबाटै कुनै कुनै रहस्य पत्ता लाग्दै आएको छ ।
  • आज एक ठुलो कुरा बाहिर आएको छ जुन कुरा सुशान्तको ताला फोर्ने व्यक्तिले गरेका हुन् ।

सुशान्त सिंहको आत्महत्या प्रकरणमा सीबीआईले तिव्र रुपमा जाँच गरिरहेको छ । पहिलो दिनबाटै कुनै कुनै रहस्य पत्ता लाग्दै आएको छ । आज एक ठुलो कुरा बाहिर आएको छ जुन कुरा सुशान्तको ताला फोर्ने व्यक्तिले गरेका हुन् । मोहम्मद रफि शेख नामका चाबीवालाले सुशान्तको कोठाको ताला खोलेका थिए । रफि शेख १४ जुनमा सिद्धार्थ पिठानीले फोन गरेकाले सुशान्तको फ्ल्याटमा पुगेका थिए । तर उनलाई उक्त फ्ल्याट सुशान्त सिंहको भनेर थाहा नभएको बताएका छन् ।

चाबीवालाले अभिनेताको घरको ताला कसैले लगाएको छ भनेर सिद्धार्थ पिठानीको फोन आएपछि आफु गएको र ताला तोडेर आफुलाई फर्काइएको बताएका छन् । तर उनले भित्र को कलाकार छन भन्ने चाही आफुलाई कसैले नभनेको बताए ।

उनले सुशान्तको कोठामा कम्प्युटराइज ताला भएको र आफुले ताला तोड्नको लागि हथौडा र चक्कुको प्रयोग गरेको जानकारी दिएका छन् । ताला तोड्ने क्रममा ४ जना मानिसहरु भएको पनि र आफुलाई ताला तोडेपछि तुरुन्त जान भनेपछि आफु फर्किएको बताएका छन् ।

मोहम्मदले ताला तोडेपछि आफुलाई भित्र हेर्न नदिएको र त्यहाँ उपस्थित मानिसहरु कोहि पनि नआत्तिएको पनि बताएका छन् । मुम्बई प्रहरीले उनीसँग सोधपुछ गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?