गीतकार भावेश भुमरीलाई साह्रै सताएपछि के गरे ? (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
गीतकार भावेश भुमरीलाई साह्रै सताएपछि के गरे ? (भिडियोसहित)

सारांश

  • काठमाडौं, २२ माघ ।
  • गीतकार भावेश भुमरीले रचेको अत्यन्त मिठो संयोगान्त गीत “मेरो छेउँमा दिलको फूल कसले खसायो, अहिले ममा त्यही फूलले डेरा बसायो, मलाई साह्रै सतायो…” मेल भर्जनको गीत युएईको दुबईमा छायाङ्कन भई सुन्दर म्युजिक भिडियोको रुपमा सार्वजनिक भएको छ ।
  • यस गीतमा प्रसिद्ध सङ्गीतकार प्रदीप क्षेत्रीको सङ्गीत र प्रसिद्ध गायक महेश सेवाको स्वर रहेको छ भने नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको छ ।

काठमाडौं, २२ माघ । गीतकार भावेश भुमरीले रचेको अत्यन्त मिठो संयोगान्त गीत “मेरो छेउँमा दिलको फूल कसले खसायो, अहिले ममा त्यही फूलले डेरा बसायो, मलाई साह्रै सतायो…” मेल भर्जनको गीत युएईको दुबईमा छायाङ्कन भई सुन्दर म्युजिक भिडियोको रुपमा सार्वजनिक भएको छ । यस गीतमा प्रसिद्ध सङ्गीतकार प्रदीप क्षेत्रीको सङ्गीत र प्रसिद्ध गायक महेश सेवाको स्वर रहेको छ भने नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको छ ।

केशव कटवालले निर्देशन गरेको यस गीतको भिडियोमा कमल निर्जनले क्यामरा चलाएका छन् । रविन कठायत, सञ्जिता मगर र अर्जुनले अभिनय गरेको भिडियोमा देवकुमार श्रेष्ठको सम्पादन र टेकेन्द्र शाहकोे कलर सम्पादन रहेको छ ।

नेपाली गीति लेखन र एल्बम प्रकाशनमा आफ्नो छुट्टै र स्पष्ट परिचय बनाएका गीतकार भुमरी हरेक गीतमा स्तरीयतालाई ध्यान दिन्छन् । यो गीत पहिले निखिता थापाले गाएको र गीत सुनेपछि गायक महेश सेवाले पनि गाउनका लागि धेरै प्रयास गरेपछि गाउन लगाएको कुरा भुमरी संस्मरण गर्छन् । प्रदीप क्षेत्री र महेश सेवा आफूलाई अत्यन्त मन पर्ने सङ्गीतकार र गायक भन्न नछुटाउने भुमरी वैदेशिक रोजगारका क्रममा दुबईमा बस्दै आएका नेपाली कालाकारहरूले निःस्वार्थ रूपमा यसरी भिडियो बनाएकामा आफू अत्यन्त ऋणी भएको भुमरी बताउँछन् । यस प्रकारका कार्यले आफूलाई सफल बनाउँदै आएको कुरा सम्झिने भुमरी यस गीतको भिडियोमा संयोजनकारी भूमिका खेल्ने कलाकार सनम कठायतलाई धन्यवाद दिनसमेत चुक्दैनन् ।

प्रेमको रुमानी तर शालीन विषय बोकेका गीतहरूको कमी भएका कारण यस गीत र भिडियोलाई नेपाली गीतसङ्गीतका स्रोता र दर्शकहरूले धेरै मन पराउने अनि माया गर्ने कुरामा भुमरी ढुक्क छन् । आफूले पाउनका लागि भन्दा पनि केही दिनकै लागि गीतसङ्गीतमा लागेको कुरा व्यक्त गर्ने भुमरी हरेक पक्षबाट स्तरीय यस गीत र भिडियोले आफ्नो गीति लेखन र गीत रेकर्डिङमा एक इँटा थप्ने कुरा बताउँछन् ।

भुमरीकै सुरप्रभा गीत सङ्गीत प्रालिको युटुब च्यानलबाट आएको यस भिडियो हेरेर, प्रतिक्रिया लेखेर, शेयर गरेर अनि सुरप्रभा गीतसङ्गीतको युटुब च्यानललाई सब्स्क्राइब गरेर सहयोग गर्नसमेत सबैप्रति भुमरी विशेष अनुरोध गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?