सोमबार थपिए ४५१ कोरोना संक्रमित, संक्रमितको संख्या नाघ्यो ६ हजार
सारांश
- सोमबार ४५१ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
- योसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको छ ।
- स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.
सोमबार ४५१ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको संक्रमित संख्याबारे जानकारी दिएका छन् । थपिएकामा ३५ महिला ४१६ जना पुरुष छन् ।
यसअघि हिजो एकै दिन ४ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएपछि नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ हजार ७ सय ६० पुगेको थियो । संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
जेठभर ५ हजार ५ सय १७ जना कोरोना भाइरसको संक्रमित बढेका छन् । वैशाखको अन्तिम दिनसम्म २ सय ४३ संक्रमित संख्या पुगेकोमा जेठभर साँढे पाँच हजार संख्या वृद्धि भएको हो । यसैगरी, नेपालमा कुल १९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया