अब रबि लामिछाने आफ्नै देश अमेरिका छिर !

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
अब रबि लामिछाने आफ्नै देश अमेरिका छिर !

सारांश

  • काठमाडौं, माघ २४ ।
  • सिधाकुरा जनतासँग लोकप्रिय कार्यक्रमका प्रस्तोता रवी लामिछाने यतिबेला थप आलोचनाको शिकार हुन थालेका छन् ।
  • सिधाकुरा जनतासँग कार्यक्रमको एपिसोड १८० मा प्रसारित भएको भूतप्रेत तथा अदृश्य शक्तिको बारे राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरेपछि थप आलोचनामा पर्न थालेका हुन् ।

काठमाडौं, माघ २४ । सिधाकुरा जनतासँग लोकप्रिय कार्यक्रमका प्रस्तोता रवी लामिछाने यतिबेला थप आलोचनाको शिकार हुन थालेका छन् । सिधाकुरा जनतासँग कार्यक्रमको एपिसोड १८० मा प्रसारित भएको भूतप्रेत तथा अदृश्य शक्तिको बारे राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरेपछि थप आलोचनामा पर्न थालेका हुन् ।

‘भूत प्रेतमा विश्वास गर्नुहुन्न भने यो हेर्नुहोस्, क्यामेरामै रेकर्ड भयो आवाज, एउटा सिंगो टोल त्रासमा’ भन्ने शीर्षकमा सिधाकुरा जनतासँग कार्यक्रममा प्रसारण गरेपछि चारैतिर आलोचना बढेको छ ।

२१औं शताब्दीको विज्ञानको यूगमा भुतप्रेत हुन्छ भन्दै बिश्वस्त पार्ने उद्देश्यका साथ नेपालको राष्ट्रिय टेलिभिजनबाट नै प्रसारण गरिनुले आध्यात्मिक चिन्तनलाई बढावा दिएको भन्दै टिप्पणी हुन थालेको छ ।

प्रमाणबिहिन अदृश्य शक्तिलाई सत्य सावित गर्ने हर्कत गरिएको टेलिभिजन हेर्नेहरुले सजिलै अनुमान गर्न सकिन्छ । रबि लामिछानेले प्रसारण गरेको कार्यक्रम हेर्दा परिवार आतंकित भएको तर आतंकित बनाउने तथ्यको स–प्रमाण बिना टेलिभिजनमा प्रसारण गर्नु सस्तो लोकप्रियता कमाउन खोज्दै टिभीको टिआरपि बढाउन भूतप्रेतको रंगमञ्च बनाएको भन्दै आलोचना हुन थालेको छ ।

यस्तै कारण लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँगको गरिमामा आँच आउन सक्ने भन्दै कार्यक्रमको विश्वसनीयता नै गुमाउने फ्यानहरुले समेत चिन्ता व्यक्त गरेका छन् ।

टेलिभिजनको टिआरपि बढाउनकै लागि तथ्यहिन भूतप्रेत जस्ता अदृश्य शक्तिहरुलाई बढावा दिएको भन्दै लेखेक इश्वर अर्यालले तिखो आलोचना गरेका छन् ।

अर्यालले आफ्नो फेसबुक स्ट्याटसमार्फत कडा टिप्पणी गर्दै कहिले भूतको रिपोर्टिङ, कहिले लासको रिपोर्टिङ गर्ने, नेपालको सञ्चार जगत यति छिटै गिर्नु नपर्ने हो भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘हाम्रो पिडालाई टिभीबाट फुक्दैमा हाम्रो हालत कसरी सुधार हुन्छ ?’ भन्ने युएईकी एक पिडित महिलाको भनाईलाई उदृत गर्दै लेखक अर्यालले यस्तो धारणा राखेका छन्, ‘जसले नेपालबाट ल्याएर मान्छे बेच्ने गर्छ, उसैको मेजमानी खाएर गएर बेकामको डम्फु बजाउने र सहानुभूति बटुल्नेमै सञ्चार क्षेत्र रुमल्लिन्छ भने चौथो अंग होइन, काटेर फाल्नुपर्ने एपेन्डिक्स बन्छ, भन्दै एक खतरनाक रोगको संज्ञा दिएका छन् ।

२४ न्यूजले आफ्ना कर्मचारीहरुलाई डेढ बर्षसम्म तलब नपाएर रुँदै गर्दा त्यता नसोझिने माईक र क्यामेराले भूत र लास खोज्दै हिँड्छ भन्दै टिआरपि धेरै पाईसक्यो टिभीले, अब डम्फु बजाउन बन्द गरेर आफ्नो देश छिरे हुन्छ । उताको क्रेडिट नेपालमा कमाएको पैसाले तिर्न गाह्रो हुन्छ, भन्दै ईश्वरले रविलाई अब अमेरिका पस्न अह्राएका छन् ।

हेर्नुहोस इश्वर अर्यालको फेसबुक स्टाटस:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?