भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी

सारांश

  • बीबीसी।
  • १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा सीआरपीएफमाथि भएको आतंकवादी आक्रमणमा परी ४० भारतीय जवानको मृत्युभएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पहिलो पटक प्रतिक्रिया दिएका छन्।
  • भारतले उक्त आक्रमणकालागि सिधै पाकिस्तानलाई जिम्मेवार ठहर्याएको थियो।
बीबीसी। १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा सीआरपीएफमाथि भएको आतंकवादी आक्रमणमा परी ४० भारतीय जवानको मृत्युभएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पहिलो पटक प्रतिक्रिया दिएका छन्।
भारतले उक्त आक्रमणकालागि सिधै पाकिस्तानलाई जिम्मेवार ठहर्याएको थियो। यो आक्रमणको जिम्मा पाकिस्तानस्थित आतंकवादी संगठन जैश–ए–मोहम्मदले दिएको थियो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन्, ‘विना कुनै प्रमाण पाकिस्तानमाथि आरोप लगाइएको छ। 
पाकिस्तानकालागि साउदी राजकुमारको भ्रमण निकै महत्वपूर्ण थियो। जब पाकिस्तान स्थायित्वकातर्फ अगाडि बढिरहेका बेला हामी यस्तो किन गर्छौ?’पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘पाकिस्तानलाई यसबाट के फाइदा हुन्छ? यो नयाँ पाकिस्तान हो। पाकिस्तान स्वयं आतंकवादबाट पीडित छ।’
पाकिस्तानी प्रधानमन्त्रीले कश्मिरका विषयमा भारतलाई वार्ताका लागि आह्वान पनि गरेका छन्। ‘म तपाइँलाई वार्ताकालागि आह्वान गर्छु। आउनुस् यो घटनाको छानविन गरौं। यदि कसैले पाकिस्तानी भूमिको दुरुपयोग गरिरहेको छ भने उ हाम्रो शत्रु हो,’ उनले भने।
इमरान खानले भने, ‘आतंकवाद पूरै क्षेत्रको समस्या हो। हाम्रो सय अर्ब डलर आतंकवादका कारण सकिएको छ। हिन्दुस्तानमा नयाँ सोच आउन आवश्यक छ। हामी सबैले कश्मिरी जनताको मृत्युको डरलाई अन्त्य गर्नुपर्छ।’
उनले अगाडि भने, ‘वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्छ। के यो विषयमा हिन्दुस्तानले सोच्नुपर्दैन? भारतका संचामाध्यम र राजनीतिक वृत्तमा पाकिस्तानसँग बदला लिनुपर्छ भन्ने गरेको सुनिएको छ। पाकिस्तानमाथि आक्रमण गर्नुपर्छ भन्ने सुनिएको छ। यदि तपाइँले पाकिस्तानमाथि आक्रमण गर्नु भयो भने पाकिस्तान सोचेर बस्छ? पाकिस्तान सोच्दैन। पाकिस्तान जवाब दिन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?