१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
सारांश
- काठमाडौं।
- राष्ट्रपति विद्यादेवी भण्डारीले १५बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी छन् ।
- प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले १५बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो।
१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन्।
उनले नागरिकता विधेयक अपूरो रहेको र संविधानसँग बाझिएको भन्दै पुनर्विचार गर्न संघीय संसदमा पठाएकी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया