संसदीय समितिमा पनि सरकारलाई कांग्रेसकाे अवराेध !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
संसदीय समितिमा पनि सरकारलाई कांग्रेसकाे अवराेध !

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले ‘नागरिकता छानवीन गर्न आयोग गठन गर्न कानुनी व्यवस्था गर्ने’ सरकारको प्रस्ताव अस्विकार गरिदिएको छ।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले नागरिकता छानवीन गर्न आयोग गठन गर्न कानुनी व्यवस्था गर्ने सरकारको प्रस्ताव स्विकार्य नहुने अडान राखेका हुन्।
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले ‘नागरिकता छानवीन गर्न आयोग गठन गर्न कानुनी व्यवस्था गर्ने’ सरकारको प्रस्ताव अस्विकार गरिदिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले नागरिकता छानवीन गर्न आयोग गठन गर्न कानुनी व्यवस्था गर्ने सरकारको प्रस्ताव स्विकार्य नहुने अडान राखेका हुन्।
आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले जन्मको आधारमा नागरिकता लिएकाहरुको छानवीन गर्न आयोग गठन गर्ने प्रावधान राखिएकोमा आपत्ति समेत जनाए।
सांसद शाहले नागरिकतासम्बन्धि विषयमा छानवीन गर्न आयोग गठन गर्ने अधिकार सरकारलाई रहेको उल्लेख गर्दै त्यसलाई कानुनमै उल्लेख गर्न भने आवश्यक नरहेको तर्क गरे। उनले सरकारले आफूसँग अधिकार हुँदाहुँदै पनि नागरिकता छानवीनका लागि आयोग गठन गर्ने कानुनी प्रावधान राख्न खोजेकाले त्यसलाई स्विकार गर्न नसकिने जनाए।
समितिका अर्का सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारले नागरिकता छानवीनको विषयमा आयोग गठन गर्ने कानुनी व्यवस्था गर्ने प्रस्ताव ल्याएकोमा आपत्ति जनाए। उनले सरकारलाई विदेशी नागरिकसँग विवाह नै नगर्ने प्रस्ताव ल्याउन पनि चेतावनी दिए।  विधेयकमा नागरिकता छानवीनका लागि आयोगनै गठन गर्ने प्रावधान राखिएको छ। तर त्यसप्रति प्रमुख प्रतिपक्ष दल काँग्रेसको आपत्ति छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?