‘दरबारमार्ग रेप केस’ : अभियुक्तहरु नै डिएसपीकै साथी !
सारांश
- काठमाडौं, माघ २४ ।
- काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार घटनाका अभियुक्तहरु डिएसपी तिलक भारतीकै साथी भएको खुलेको छ ।
- घटनाका मुख्य नाइके विकास गौतम र दीपक श्रेष्ठ महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन इन्चार्ज डिएसपी भारतीको पुरानो साथी भएको अनुसन्धानमा खुलेको छ ।
काठमाडौं, माघ २४ । काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार घटनाका अभियुक्तहरु डिएसपी तिलक भारतीकै साथी भएको खुलेको छ ।
घटनाका मुख्य नाइके विकास गौतम र दीपक श्रेष्ठ महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन इन्चार्ज डिएसपी भारतीको पुरानो साथी भएको अनुसन्धानमा खुलेको छ ।
आफ्नो पुरानो साथी भएकै कारण बलात्कार जस्तो गम्भीर घटनामा मिलापत्र गराउन डिएसपी भारतीले भूमिका खेलेका थिए । सोही प्रकरणमा उनीमाथि छानबिन भइरहेको छ ।
अभियुक्तहरु गौतम र श्रेष्ठसँग डिएसपी भारतीसँग फेसबुकमा पनि साथी छन् । स्रोतका अनुसार डिएसपी भारतीलाई दरबारमार्ग वृत्तमा ल्याउन सहयोग गर्ने डेजाभु डिस्कोका एक सञ्चालकको मध्यस्थतामा उक्त बलात्कार प्रकरणमा मिलापत्र भएको थियो ।
अभियुक्त गौतम राप्रपाका नेता बिक्रम पाण्डेका निकट व्यक्ति हुन् भने श्रेष्ठ सञ्चारमन्त्री मोहन बस्नेतसँग राम्रो सम्बन्ध भएका व्यक्ति हुन् । श्रेष्ठ तरुण दल सिन्धुपाल्चोकमा समेत आबद्ध व्यक्ति हुन् । दुवै जनाको डिएसपी भारतीसँग पहिलेदेखि नै दोस्ती थियो ।
गत माघ ७ गते राति ल्याण्डमार्क होटलको ४०५ नम्बर कोठामा चार जना युवकले एक २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका थिए । आफ्ना प्रेमी शैलेस कार्कीसँग होटलमा बस्न गएकी ती किशोरीमाथि कार्कीकै सहयोगमा अन्य ३ जनाले बलात्कार गरेका थिए ।
घटनापछि होटलबाट निस्किएकी युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले चारै जनालाई पक्राउ गरेर एक रात थुनेपछि भोलिपल्ट मिलापत्र गराएर छाडिदिएको थियो । पछि घटना मिडियामा गएपछि छानबिन थालिएको हो । जस क्रममा दरबारमार्ग वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन् । घटनामा डिएसपी भारतीको प्रत्यक्ष संलग्नता भए पनि निलम्बन हुनबाट जोगिन अनेक उपायहरु रच्न थालेका छन् ।
Prakash Khadka
Yestai apradi harula garda ta desh bigrako x aja Paisa vayara hunx ijet thauma hunu paro launa ra Khana li chaiya safa hos ya for sarier ta dhakakox ne to pasinako ganda Kina nahos afno sarier afnai hunx sala apradi ho Kina arkako sarier ma khelbard garxs K pauxs Vatmara ho
Bhagwan Sah
DSP lai pani samat
Mangara Mahato
Suksha di nai yeto bhaye insaf kaha paune enharu lai janatali nisf garchhan
Rai Keshar
sala paisa bhayeaxi sabai thok garna saninxa bhanne socheko thiye yo daka harule balla thaha paye sansarle photo herera ramro manche bhanne chini sake