देउवाले चाले गगन थापालाई एक्ल्याउन यस्तो कदम !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
देउवाले चाले गगन थापालाई एक्ल्याउन यस्तो कदम !

सारांश

  • काठमाडौं, २८ पुस ।
  • नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध लाग्ने युवा नेताहरुलाई उचित व्यवस्थापन गर्दै गगन थापालाई एक्ल्याउने तयारी भएको खुलासा भएको छ ।
  • प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफूविरुद्ध लागेको भन्दै गगनलाई धकेलेर भित्तामा पुर्याउने रणनीति लिएका छन् ।

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध लाग्ने युवा नेताहरुलाई उचित व्यवस्थापन गर्दै गगन थापालाई एक्ल्याउने तयारी भएको खुलासा भएको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफूविरुद्ध लागेको भन्दै गगनलाई धकेलेर भित्तामा पुर्याउने रणनीति लिएका छन् । सोही अनुसार देउवाले गगनले खास नेता मानेका युवा नेता विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता नियुक्त गरिदिए । शर्मा प्रवक्तामा नियुक्त भएसँगै अन्य युवा नेताहरुपनि अहिले सभापतिसँग नजिक हुन थालेको स्रोतको दाबी छ ।

युवा नेता चन्द्र भण्डारी र धनराज गुरुङपनि अहिले गगनलाई साथ दिन नसकिने भन्दै उक्त गुटबाट बाहिरिएको खबर आएको छ । गगनले भण्डारी र गुरुङलाई नेता मानेर अघि बढ्नेगरि देउवाविरुद्ध मुभ गरेका थिए । तर, देउवा क्याम्पका नेताहरुले चलाखी अपनाएर गगन समूहका युवा नेताहरुलाई एकपछि अर्को व्यवस्थापन गर्दै जाने रणनीति लिएपछि अहिले गगन एक्लो भएका छन् ।

गगनले निर्वाचनमा पार्टी पराजय हुनुमा देउवाको मात्रै दोष रहेको भन्दै उनीविरुद्ध खनिएका थिए । त्यतिमात्रै नभएर उनले देउवालाई तत्काल सभापतिबाट हटाउनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए । तर, पार्टीका शीर्ष नेताहरुले पार्टी हार्नुमा देउवाको मात्रै हात र जिम्मेवारी नभएर यसकोबारेमा गम्भिर समिक्षा हुनुपर्ने माँग राख्दै आएका छन् ।

महामन्त्री डा. सशांक कोइरालाले पनि देउवालाईमात्रै दोष लगाउन नहुने धारणा राखेका थिए । तत्काल पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाएर सम्पूर्ण विषयमा समिक्षा गरिने नेतृत्वले विश्वास दिलाएको छ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैद्य छोडेर फर्केका बादल र यादवले पाए मन्त्रालयको जिम्मेवारी
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन
इजरायलमाथि इरानको मिसाइल आक्रमण
इजरायलमाथि इरानको मिसाइल आक्रमण
जुम्लाको कनाकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी
जुम्लाको कनाकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी
अर्घाखाँची सन्धिखर्क नगरपालिका नेपाली कांग्रेसको जित पक्कापक्कि .
अर्घाखाँची सन्धिखर्क नगरपालिका नेपाली कांग्रेसको जित पक्कापक्कि .
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
प्रहरीले सुराकमा विश्वास गर्दा ……..
प्रहरीले सुराकमा विश्वास गर्दा ……..
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
छुरा प्रहार गरी हत्या गरेको आरोपमा  ५ जना पक्राउ
छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक  ‘भिडियो हेर्नुहोस्’
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक ‘भिडियो हेर्नुहोस्’