आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने
सारांश
- काठमाडौं, २५ माघ – तीन ठूला पार्टीका विद्यार्थी संगठनले पहिलो पटक मेडिकल कलेजको अनुगमन गर्ने भएका छन् ।
- तीन विद्यार्थी संगठन नेकपा एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नेपालका मेडिकल कलेजमा देखिएको अनियमितताबारे अनुगमन गर्ने बताएका छन्।
- काठमाडौंमा अखिल क्रान्तिकारीको कार्यालयमा वसेको तीन ठूला विद्यार्थी संगठनको संयुक्त वैठकले मेडिकल कलेज र अन्य निजी विद्यालयको अनुगमन गर्ने निर्णय गरेका हुन्।
काठमाडौं, २५ माघ – तीन ठूला पार्टीका विद्यार्थी संगठनले पहिलो पटक मेडिकल कलेजको अनुगमन गर्ने भएका छन् । तीन विद्यार्थी संगठन नेकपा एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नेपालका मेडिकल कलेजमा देखिएको अनियमितताबारे अनुगमन गर्ने बताएका छन्।
काठमाडौंमा अखिल क्रान्तिकारीको कार्यालयमा वसेको तीन ठूला विद्यार्थी संगठनको संयुक्त वैठकले मेडिकल कलेज र अन्य निजी विद्यालयको अनुगमन गर्ने निर्णय गरेका हुन्। देशभर रहेका सबै मेडिकल कलेजमा अनुगमन गरिने क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए । उनले भने, ‘मेडिकल कलेजमा चर्को शुल्क लिइएको, मापदण्ड पुरा नगरेको जस्ता विषय निकै उठेपछि अनुगमन गर्न लागिएको हो ।’
आज किष्ट मेडिकल कलेजबाट अनुगमन सुरु गरिने बताइएको छ । त्यसैगरी आजै लिटिल एन्जेल्स विद्यालयमा पनि अनुगमन गर्न जाने निर्णय तीन विद्यार्थी संगठनको दाबी छ ।
उनका अनुसार निजी स्कुलहरुको पनि अनुगमन गर्नेछन् । अनियमितता र स्कुलहरुमा जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि अनुगमन गर्न लागिएको बताएका छन् । तामाङका अनुसार अनुगमन पछि कलेजमा पुगी सत्यतथ्य सार्वजनिक गरिनेछ।
प्रतिक्रिया